हेपेटाइटिस रोगबारे मेरो अध्ययन

0
1246

संसारभरका वैज्ञानिक, विषेशज्ञहरुको लागि पनि चुनौतीको रुपमा देखिएको हेपाटाइटिस रोग आज विश्वव्यापी रुपमा मानव जीवनको सबैभन्दा खतरनाक रोगको नामले प्रसिद्ध विमारी हो । कैंयन ठाउँमा यो रोगलाई साइलेंट किलरको रुपमा पनि वुझ्ने गरिन्छ । हेपेटाइटिसलाई यती खतरनाक रोग मान्छन कि कैयन मानिसहरुको मृत्यु यो रोगको कारणले भन्दा यसको भयले मात्र पनि हुने गरेको छ । अहिलेसम्म को अनुशन्धानमा हेपिटाइटिस रोग ५, किसीमको रहेको पाइएको छ । हेपाटाइटिस ए, बी, सी, डी र इ ।

५ वटै हेपाटाइटिसहरु मध्ये सबैभन्दा वढि खतरनाक भने हेपेटाइटिस बि नै हो । यो रोग यती धेरै संक्रमित भइसकेको छ कि हेपाटाइटिस बिले मात्र विश्वमाप्रति वर्ष औसत १५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको यो रोग हेपाटाइटिस सि भन्दा १० गुणा र एड्स भन्दा १ सय गुणा बढी संक्रामित रोग हो । विश्व स्वास्थ्य संघको रिपोर्ट अनुसार विश्वमा ४० करोड मानिस हेपटाइटिस बिबाट संक्रमीत छन् ।

हेपटाइटिस रोगवारे विस्तारसँग वुझ्न र वुझाउन डाक्टरहरुले यसलाई दुई समूहमा विभाजन गर्ने गरेका छन् । समूह कमा हेपाटाइटिस ‘ए र इ’ तथा समुह खमा हेपटाइटिस बि, सी र डि समूह क (( हेपाटाइटिस ‘ए र इ’ अर्थात छिट्टो निको हुनसक्ने रोग हो यो रोम प्रदुषित पानी तथा प्रदुषण युक्त खानेकुराहरुबाट सर्ने विरामी हो यो विमारी त्यही भयानक पनि हुँदैन र मानव शरिरमा सधै रहने सम्भावना पनि धेरै कम हुन्छ । सामान्य रुपमा क समुहका हेपाटाइटिस प्राणघातक पनि हुँदैनन् ।

दोश्रो हो समूह “ख” यो समुहमा हेपेटाइटिस बी, सी र डी पर्दछन, यो समुहका रोग रगतबाट सर्ने, संक्रमित सिरिन्ज प्रयोगबाट, असुरक्षित यौन सम्वन्धबाट र आमाबाट बच्चामा सर्न सक्ने रोग भन्ने वुझिन्छ ।

कैयन मानिस हेपाटाइटिस भन्ने वित्तिकै डराउने तथा विमारीहरुबाट टाढा रहने पनि गरेको पाइन्छ । जबकि हेपाटाइटिस व्यक्तिको शरीरमा अल्पकालिक तथा दिर्घकालिन दुवैप्रकारले रहन सक्छ तथा रोग कुन क्षेणीको हो र कुन प्रवृतिको हो नवुझी, विमारीहरुप्रति घृणा गर्ने र अछुत सम्झने गर्नुहुँदैन । यो रोगले कलेजोलाई नराम्रोसँग असर गर्दछ, क्षत बिक्षत गराउँछ र यहासम्म कि किडनी समेत ध्वस्त पार्न सक्ने हुँदा रोगी आफु स्वयंले केही सावधानी, सतर्कता तथा आत्मवल वलियो पार्नु भने पर्दछ ।

लक्षणहरुः

हेपाटाइटिसको लक्षणहरू शरीर दुख्ने, वाकवाक आउने, सामान्य ज्वरो आउने, थकान महसुस हुने, खाना नरुच्ने तथा आँखा र छाला पहेलो हुने अर्थात जोन्डिस हुने, पेट दुख्नुको साथै रुघा खोकीको पनि लक्षणहरु देखिन सक्छन् ।

हेपेटाइटिस ए र इ भाइरस संक्रमण भएको कम्तीमा १० देखि ४० दिनभित्र सामान्य लक्षणहरु देखा पर्न लाग्दछन् । हेपाटाइटिस ए र इकोे संक्रमित व्यक्तिको जुठो खानाले पनि रोग फैलने सम्भावना हुन्छ ।

रोकथाम –

हेपाटाइटिस ए रोकथामको लागि खोप नै प्रभावकारी हुन्छ । रोकथामका थप उपायहरूमा राम्रोसँग हात धुने र खानेकुरालाई राम्ररी धोयर, पकाएर खाने र उमालेको शुद्ध पानी पिउने, शरिर, कपडा तथा वातावरण पनि स्वच्छ राख्ने गरेमा प्रभावकारी तथा अझै राम्रो हुन्छ । हेपेटाइटिस रोगीले खानेकुरामा भने मुख बार्नु पर्दैन तर धेरै वसायुक्त, तेल, घिउ, पिरो, कम खाने र खासगरि सजिलै पच्ने खाना खाने कोशिश भने गर्नुपर्दछ । हेपाटाइटिस ए र इ रोग कुनै औषधी उपचार नगरेर पनि कहिले काही आफै संचो हुनसक्छ ।

हेपाटाइटिस बि, सि र डि–

यी रोगमये पनि सबैभन्दा खतरनाक रोग हेपाटाइटिस बि हो । हेपाटाइटिस बि भाइरस कुनै पनि मानिसको शरीरभित्र प्रवेश गरेपछि यसका लक्षणहरु देखिन कमसेकम चालीस दीन देखि १८० दिनसम्म लाग्नसक्छ । अझ कैयन माछेलाई त वर्षौसम्म थाहा नहुन पनि सक्छ । हेपटाइटिस बि पनि २ प्रकारको हुने तर्क छ १ एक्युट २ क्रोनिक ।

क्रोनिक हेपाटाइटिस बी रोगी वा संक्रमित व्यक्तिको शरीरमा हेपाटाइटिस बि का भाइरस नगन्यदेखि प्रसस्त मात्रामा हुन्छन् । एक्युट ः हेपाटाइटिस बि भएका संक्रमितहरु मध्ये जम्मा ५–१० प्रतिशतलाई मात्र क्रोनिक हेपाटाइटिस हुने गर्दछ । लामो समयसम्म रोगका कुनै लक्ष्यण नदेखिने तर लिवर सिरोसिस अर्थात लिवर कडा हुँदैजाने वा लिभर क्यान्सर समेत भयर प्राणघात गर्न सक्ने रोग क्रानिक हेपाटाइटिस बी नै हो ।

रोकथाम तथा उपचार

हेपाटाइटिस बिको उपचारभन्दा रोकथामका लागि ध्यान दिनु सबैभन्दा राम्रो उपाय मानिन्छ । यो रोग लाग्नुभन्दा पहिल्लै रोगथामको उपाय गरिन्छ र हेपेटाइटिस बिको भ्याक्सीन लगाइन्छ । साधारणतया हेपाटाइटिस बि भ्याक्सिन तीन डोजमा लगाइन्छ । ०, १ र ६ महिनाको अन्तरमा लिइन्छ । तर रोग संक्रमण गरेपछि भने निको नहुन्जेल यो भ्याक्सीन दिइदैन ।

हेपाटाइटिस बि जरैबाट निको पार्ने कुनै औषधिको भने अहिलेसम्म बजारमा आइसकेको छैन, अहिले पाइने औषधिहरुको मुख्य काम रोगीको एच वि इ ए जी नेगेटिव बनाउने तथा डी एन ए वाइरल लोड घटाएर स्थिर अवश्थामा पुराउने नै रहेको छ । जस्लेगर्दा रोगीको लिवर र किडनीलाइ सुरक्षित गरि रोगीहरुले आयु वढाउने मुख्य उद्देश्य रहेको छ ।

यद्धपि डाक्टरहरूको भनाई अनुसार यो रोग विरुद्धका औषधिहरुको अनुसन्धान तथा प्रयोग व्यापरुपमा चलिरहेको हुँदा छिट्टै वजारमा हेपाटाइटिस बि रोगनिको पार्ने कारगर औषधि आउने विश्वास गरिएको छ ।

( नोट :– म र मेरो परिवारका चारैजना सदस्य २०६२ सालदेखि क्रोनिक हेपेटाइटिस बि पिडित हौ । त्यो समयदेखि विभिन्न डाक्टरहरुसँग पाएका सल्लाह, सुझावहरु, विभिन्न पत्रपत्रिकाहरुको अध्ययन र आफ्नै अनुभवको आधारमा यो लेख तैयार गरिएको हुदा कैयन प्राविधिक कमजोरी हुनसक्लान् विषेशज्ञ मित्रहरुको सकारात्मक सुझावको अपेक्षा गर्दछु ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here