परिचयात्मक कार्यक्रम सहित प्रशिक्षण सम्पन्न

0
197

चंंडिगढ, ३१ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समितिद्धारा सञ्चालित इन्डस्ट्रियल एरिया समिति अन्तर्गत सेक्टर २८ टोल समितिको आयोजनामा विद्यार्थी तथा महिलाहरुको परिचयात्मक प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ ।

सरस्वता भुसालको अध्यक्षता तथा लक्ष्मी अधिकारीको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्ट, मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य दिनेश खडका, नेपाली समाचार सम्वाददाता खिमराज चालिसे, क्षेत्रीय सदस्य लक्ष्मण खनाल, विद्यार्थी क्षेत्रीय अध्यक्ष तथा एडवोकेट माधव पोखरेल, महिला क्षेत्रीय विभागकी सचिव जुना चालीसे लगायतले आशन ग्रहण गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण पश्चात सिमा खडकाले स्वागत मन्तव्य दिनुभएको थियो ।

मनोज भट्टले “विदेश स्थित नेपाली विद्यार्थीहरुको समस्या, अनुशासन र उनीहरुको दायित्व तथा महिलाहरुको प्रगतिशील विचार र परिवार तथा राष्ट्रियताप्रतिको दायित्व लगाएतका समसामायिक विषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here