पौष १५, चंंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित चंडिगढ नगर समितिको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
नगर अध्यक्ष मान वहादुर केसीको अध्यक्षता तथा सहसचिव थानेश्वर पान्डेको संचालनमा अगाडि बढेको प्रशिक्षण कार्यक्रममा विभिन्न अतिथिहरु प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्ट, मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रित सल्लाहकार तिलक पौड्याल, क्षेत्रीय सदस्य प्रेम आचार्य, नेपाली समाचारका सम्वाददाता खिमराज चालिसे, विध्यार्थी केन्द्रीय सदस्य विष्णु वेल्वासे, महिला क्षेत्रीय विभाग सचिव जुना चालीसे, जनजाति विभागका प्रेम गुरुङ, रक्तिम विभागका विनु नेपाली, समता विभागका लीला विक लगायतको अतिथि आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पश्चात नगर कोषाध्यक्ष थमन थापा तथा रक्तिम परिवारका कलाकारहरुद्धारा स्वागत गरिएको थियो ।

प्रमुख अतिथि मनोज भट्टले देशको राष्ट्रिय राजनीतिक परिस्थिति तथा विभिन्न राजनैतिक दलहरुको विष्लेषण, अन्तर्राष्ट्रिय परिस्थिति लगायतका विषयमा तथा केन्द्रीय उपाध्यक्ष कपिल खनालले भारतस्थित नेपालीहरुको समसामयिक समस्या र मूल प्रवाहको भुमिका बारे प्रशिक्षण दिनुभएको थियो ।