– भरत शाही
कर्णालीमा बग्छ सधौ सेतो पहोलो सुन ।
समृद्धिको मुहान बेच्ने दुश्मनहरू को हुन ?
भाग्य र भविष्य हाम्रो यही पानीमा खोजौँ ।
समृद्धिको ढोका खोल्न यही कर्णाली रोजौँ ।।
पानी बिना जीवन जगत रहन्छ र कहाँ ?
बन्छ धर्ती स्वर्ग यही यही पानीले जहाँ ।।
सेतो र पहोलो सुन त्यैमाथि अमृत जल ।
बेच्न पाइन्न गद्धार सरकार यो प्राकृतिक फल ।।
बिजुली र सिाचाइ, पिउन हाम्लाई चाहिन्छ कति ।
युरोप जान्छ यो अमृतजल अरू बाचे जति ।।
दलालले देख्दैनन् कतै अमृतजल यो सुन ।
आाखामा बाँधेर पट्टी पुग्छन् दलाल हुन् ।।
जोगाउनु छ यो स्रोतलाई बनाउनु छ देश ।
सिध्याउनु छ दलालहरू गरी अनेक भेष ।।
आजको अवस्था देशमा दलाल जताततै ।
दलालका दुश्मनहरु छन् यहीा कतैकतै ।।
दलाल र देशभक्त अब प्रस्ट देखिन्छन् ।
देशबेचुवा दलालका इतिहास लेखिन्छन् ।।
जनता बुझ्दैछन् को दलाल को देशभक्त ।
स्वाधीनताको आधिबेहरी उठ्छ है सशक्त ।।