थम्मन केसी, अर्घाखाँची
ए क्रान्ति !
मैल हातमा क्रान्तिको मसाल छोपेर भन्छु
अनि शितको टल्कने विहानीलाई हेर्छु
किन टहल्ली रहन्छ भन्छन् बार बार क्रान्ति ?
बसन्तको गर्जन बनेर आउँछ कि भने
मेरो झुप्रोको कराशोबाट पूर्वतिर नियाल्छु
अनि सरदका लहराउने बालीका दाना दाना हेर्छु
अनि शिशिरका सेतै हिउँहरुका विन्दु विन्दु हेर्छु
अनि बर्सातका लहरै झरी र
बेगवान कुहिरोलाई टोलाएर हेर्छु
आगनका डिलहरुमा फुलेका सयपत्री अनि
मखमलीका केश्रा केश्रा केलाउँदै छु
क्रान्ति कहाँ छिपेको छ ? हेर्छु
पूर्वको भुकभुके उज्यालो हेर्छु
अनि उज्यालोको प्रशवमा छटपटीरहेको धर्ति
हो आउने छ, त्यो ।
नयाँ क्रान्ति हुरहुर बोल्ने राप बोकेर हाम्रो आगन भरी
आउने छ,
मेरो आस्थाले त्यही भन्छ ।
हतास किन हुनु साथी हो ?
हामी प्रतिक्षा गरौं, साथी आउँछ त्यो ।
मेरो मनले भन्छ मेरा कमरेडहरु
आउँछ त्यो गरिबको राज्य बनेर
शोषित पिडीतको संसार बनेर ।
मेरा पृय कमरेडहरु हो !
प्रतिक्षा गरौं हो, त्यो आउँछ ।
हाम्रो संसार बनेर आउँछ ।