मंसिर २४, गोर्खा । गोर्खा क्याम्पस गोर्खामा अखिल (छैठौं)ले संघीयता विरुद्धको बिद्यार्थी मार्च २०७५ कार्यक्रम सम्पन्न गरेको छ । युनियनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज गणेश अधिकारी र बैकल्पिक केन्द्रिय सदस्य का.प्रताप पौडेलको टोलीले कार्यक्रमसँगै उक्त क्याम्पसमा सुस्मिता दवाडीको अध्यक्षतामा २३ सदस्यीय अखिल(छैठौं)को मुल इकाई समिति निर्माण गरेको छ ।
जसको उपाध्यक्षमा सरोज परियार, सचिवमा प्रकाश परियार, सहसचिवमा समिक्षा भट्ट, कोषाध्यक्षमा विराज कोइराला रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः अंजना राय, सुस्मा खड्का, रबिना बराम, सनिता गुरुङ, सुस्मिता तामाङ, रोनिशा थापा, अर्जुन नेपाली, शुस्मा सिर्मल, अस्मिता रोका, शुशिता गुरुङ, कल्पना गुरुङ, बिपना गुरुङ, जमुना गुरुङ, रेनु सिर्मल, अमृता थापा, संजिता खड्का, राजकुमार गुरुङ र पविता घले रहेका छन् ।
कार्यक्रममा विद्यार्थी नेताहरूले संघीयताको खारेजी, समसामयिक राजनीति, इतिहास र बिद्यार्थी राजनीति सम्बन्धि प्रशिक्षण समेत दिएका थिए ।