संघीय सरकार गतिशिल भएन, प्रदेश सरकार खारेज गरौंः चित्र बहादुर केसी

0
394
Chitra Bahadur KC. Photo: Bijay Gajmer/Republica/Nagarik

बाग्लुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई तिहाइको शक्तिशाली सरकार भए पनि संघीय सरकार गतिशिल बन्न नसकेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा बागलुङको छैठौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष केसीले भन्नु भयो– “वर्तमान कायम प्रदेश सरकार कामकाजी नभएर आर्थिक बोझ मात्र थोपरेकोले प्रदेश सरकार खारेज गर्नु पर्छ ।” केसीले प्रदेश सरकार खारेज गरेर स्थानीय तहलाई अझै मजबुत र अधिकारयुक्त बनाउनु पर्ने समेत जोड दिनु भयो ।

केसीले नेपाल सरकार दलाल र ठेकेदारद्वारा निदेर्शित भएको ठोकुवा गर्नुभयो । विगतमा राष्ट्रवादी छवी बनाएका वर्तमान प्रधानमन्त्री केपी ओलीको अहिलेको सरकार भारत, अमेरिका तथा युरोपियन युनियनको दलाली गरेर सत्ता टिकाउने खेलोमा मात्रै लागेको केसीले बताउनु भयो ।

“अबका दिनमा पनि सरकार जनताको समस्या हल गर्ने दिशामा जान सक्ने छैन ।” केसीले अगाडि भन्नु भयो– “विदेशी ऋण र जनशक्ति विदेश पठाएर रेमिट्यान्सले मात्रै देश बन्दैन ।”
“दुई तिहाइको बलियो सरकार आयो, अब स्थायीत्व र समृद्धि हुन्छ भन्ने केही विश्वास थियो” अध्यक्ष केसीले भन्नु भयो– “तर सरकार दलाल, ठेकदार र माफियाको चगुंलबाट कत्ति पनि बाहिर आउन सकेन ।”

अब संघीयता विरोधी एजेण्डा बोकेर राष्ट्रियताको रक्षाका लागि लाग्न केसीले उद्घोष गर्नु भयो । समेत केसीले जोड दिनु भयो । “अहिलेको संघीय राज्य व्यवस्थाले जनताको टाउकोमा कर थोपर्ने काम बाहेक अरु केही गरेको छैन ।” केसीले भन्नु भयो– “संघीयता कसैको ईशारामा जनतामाथि लादिएको मात्रै हो । हामीले यसो नगर्न पटक पटक आवाज उठायौं तर हाम्रो आवाज सुनिएन, त्यसको परिणाम र परिदृश्य क्रमशः देखिदैछ ।”

“राष्ट्रियता, जनतन्त्र र जनजिबिकाको पक्षमा हाम्रो आन्दोलन ! महङी, भष्ट्रचार र संघीयता खारेजीको लागि छैठौं जिल्ला सम्मेलन” भन्ने मूलनाराका साथ गलकोट नगरपालिकाको हटिया बजारमा छैठौँ जिल्ला सम्मेलनको उद्घाटन समारोहको अध्यक्ष अमर थापाको अध्यक्षता, उपाध्यक्ष बेदीलाल सापकोटाको स्वागत मन्तव्य तथा भिमसेन वनको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here