राजमो अध्यक्ष चित्रबहादुर केसी सम्मानित

0
747

मेघराज रिष्मेली
मंसिर १७, बाग्लुङ । श्री जन जागृति माध्यामिक विद्यालय काडेवासमा नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर के. सी . सम्मानित हुनुभएको छ । हिरक जयन्ती समारोहमा वहा बिरामी भएको कारणले उपस्थित हुन सक्नु भएको थिएन ।

केसीलाई विद्यालयका प्र.अ. तेजेन्द्र बुढाथोकि, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेदीलाल सापकोटा, हिरक जयन्ती आर्थिक समितिका संयोजक नारायणप्रसाद सापकोटा साथै ब्यवस्थापन समितिका सल्लाहकार अग्निधर कंडेलले खादा र अविरले सम्मान गर्नुभएको थियो । केसी यस विद्यालयको संस्थापक प्र.अ. पनि हुनुहुन्छ ।

त्यस्तै चन्दादाता भिम के.सी. पनि सम्मानित हुनुभएको छ । ग.न.पा.९ रिस्मी निबासी युवा समाजसेवी भिम के.सी. लाई पनी अविर र खादाले सम्मान गरीएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष के.सीको आफ्नै जीवनको वृतचित्र निर्माणको सन्दर्भ तथा बाल प्राबि गल्यांगको रजत जयन्ति अवसरमा वहाँ गल्कोटमा आउनुभएको छ । वृतचित्रमा पञ्चायतकालिन भुमिगत कालमा वहा लुक्नु भएका स्थानहरु समावेस गरिएको छ । यसै क्रममा वहाले संगै अध्यापन गरेका मृतक बिहारीलाल गौचनको परिवारलाई समेत भेट गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here