पुँजिवाद र म

0
224
– सिंजाली माइलो 
म एउटा थोपा हुँ
त्यसैले म सागर पनि हुँ
म एउटा झिल्को हुँ
त्यसैले म ज्वाला पनि हुँ
तिम्रो उत्पीडनको राज्यमा
विस्फोट हुने म बम पनि हुँ
तिम्रो अत्याचारी शासनमा
विद्रोहको म झण्डा पनि हुँ
तिम्रो दलाल सामन्ती राज्य
ध्वस्त बनाउने म बिज हुँ
तिम्रा जाली झेली विचारको
भण्डाफोर गर्ने म शक्ति हुँ
तिम्रो रुप फरक शोषण दुरुस्त
दास र सामन्ती म युग जान्दछु
तिम्रो गुलियो नारा भित्रको बिख
निस्संदेह राम्रोसँग म चिन्दछु
तिमि आफ्नो चिहान आफै खन्छौ
श्रमजीवी म संगठित गर्दैछु
तिमि अत्तालिएर जब दमन गर्छौ
आँधी तुफान बनेर म प्रतिरोध गर्छु
तिमी आफ्नो सोच्छौ र चल्दछौ
सारा संसारको लागि म चल्दछु
तिमी ब्यक्तिलाई प्रमुख मान्दछौ
सभ्य समाज म प्रमुख ठान्दछु ।
तिम्रो स्वर्गको अन्त्य निश्चित छ
समानताको संसार म उदाउने छु
अनेक सोच जुक्ति तिम्रो हार नै हुनेछ
विज्ञानको नियममा चल्छु म जित्नेछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here