लायन्स क्लब कपिलवस्तुले पिस पोस्टर कार्यक्रम सम्पन्न पार्यो

0
175
-रमेश पौडेल
मंसिर १२, कपिलवस्तु । बनगाई स्थित पारिजात एकेडेमीमा पिस पोस्टर कन्टेस्ट प्रोग्राम सम्पन्न भएको छ । द इन्टरनेशनल एशोसियसन अफ लायन्स क्लबको डिस्ट्रिक ३२५ अन्तर्गतको कपिलवस्तुले प्रोग्राम सम्पन्न गरेको हो ।
                कार्यक्रममा जिल्ला भरीका बालबालिकाहरु सहभागि भएको सो कार्यक्रममा ज्ञानपूञ्ज बोर्डिङले प्रथम स्थान प्राप्त गरेको थियो भने, विजडम बोर्डिङ दोस्रो र हिलबर्ट बोर्डिङ तेस्रो स्थान प्राप्त गरको थियो । जनता माविले भने चौथो स्थान हात पार्यो ।
                विजेता प्रतियोगिहरुलाई प्रमुख अतिथि वानपा ७ का वडाध्यक्ष विष्णु गिरीले शुभकामना तथा बधाई दिनुभएको थियो ।
                  कार्यक्रममा प्रोग्राम कोआर्डिनेटर सुरेन्द्र घिमिरेको सञ्चालन र कृष्ण केसीको अध्यक्षतामा   सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here