राजमो दाङ संगठन निर्माण अभियानमा जुट्ने

0
206

दाङ । राष्ट्रिय जनमोर्चा दाङ ले पुस र माघ महिना भरी दुई महिने साङगठानिक अभियान संचालन गर्ने भएको छ । जिल्ला समिति दाङ देउखुरी को मंसिर १२ गते घोराहीमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष गणेश आचार्य को अध्यक्षतामा भएको बैठकले पार्टी ले सञ्चालन गरेको घरदैलो तथा सदस्यता अभियानको समिक्षा गर्दै त्यो दौरानमा सदस्यता लिएका सबैलाई संगठित गर्ने योजनाका साथ अभियान सञ्चालन गर्न थालेको हो ।

यो अभियान चलाउँदै बिगतमा सुरु गरेको भ्रष्टाचार बिरोधि तथा कर वृद्धि र संघीयताका विरुद्धका कार्यक्रम पनि जारी रहने जिल्ला अध्यक्ष गणेश आचार्यले जनाउनु भएको छ ।

बैठकले संगठन सम्बन्धी विभिन्न योजना तर्जुमा गर्नुका साथै बुटवलमा पुस २७ र २८ गते हुने राष्ट्रिय परिषद बैठकको तयारीमा पनि लाग्ने निर्णय समेत गरेको छ ।

बैठक पछि जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा हस्ताक्षरित बिज्ञप्तिमा प्राकृतिक श्रोत साधन माथिको दोहन रोक्दै निश्चित मापदण्ड बनाइ प्राकृतिक श्रोत माथी भएको कालोबजारी रोक्न जोडदार माग गरिएको छ ।

जिल्ला का मुख्य भागमा रहेका केही बाटा र पुलहरु समयमा बन्न नसक्दा जनताले सास्ती बेहोर्नु परेको र जिम्मेवार निकाय यसमा जबाफदेही र जिम्मेवारी बोध नगरेकोमा बैठकले ध्यानाकर्षण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here