यो त नयाँ युग हो

0
232
अर्जुन शर्मा

कसले भन्छ यहाँ अभाव छ
भोकमरी छ, गरिबी छ
शोषण छ दमन छ
अन्याय छ अत्याचार छ ।
ती सबै सकिएको जान्न नसक्ने,
ती सबै प्रतिगामी तत्व हुन्
देशमा वामपन्थी सरकार आएर
दुई तिहाई बहुमत पुराएर
नयाँ युग घोषणा गरेपछी पनि
काहिं शोषण, गरिबी, अत्याचार रहन्छ ?
ती त बिरोध गर्नकै निम्ति जन्मेकाहरु हुन् ।
नत्र यस्तो गुलियो नारा, समृद्धि,शुसासन
समजवाद भनेर बिगुल फुक्दा पनि
तिनी दुष्टहरुले देख्न नसक्नी ?
यो त सरासर सरकार माथी अविश्वास गर्नु हो
हाम्रो देशको बिकस प्रती अस्विकार गर्नु हो
हामी रातो झण्डा वालाप्रतीको
अनि संबिधान र हाम्रो यात्रा प्रतिको अनावश्यक कटाक्ष मात्र हो।
हामिले समृद्धि कहेम,लेखेम र बोलेम
हामिले बिकास गर्ने नारा अलापेम,भासण ठोकेम
गरिबी हटेको,अन्याय अत्याचार बन्द भएको
बलात्कार ,हत्या हिंसा सकिएको
त्यति मात्र होइन अझै
बर्ग सकिएको,द्वन्द्व सकिएको भनेम
बर्ग संघर्स सकिएको भनेम
राजनीतिक क्रान्ती सकिएको भनेम
तिमी दुष्ट हरु तेति कुरा सुनेर पनि
अझै बिरोध गर्न किन छाडेनौ?
त्यसैले तिम्रा आाखा खुलुन भनेर
सबैले समृद्धि देखुन भनेर
यो नयाँ युग चिनुन भनेर
यो ओलि प्रचण्ड युग बुझुन भनेर
पोल पोलमा हामिले तस्बिर झुन्डाएम
पत्रपत्रिका त्यसैले रंगाएम
अब चुप लागेर नयाँ युगलाई स्वागत गरौं
समृद्ध नेपालको दृश्यलाई स्वागत गरौँ
त्यही नै राम्रो हुनेछ।
अन्यथा यो हाम्रो युग हो
बिरोध गर्ने फुइयाहरुलाई
शान्ती बिथोल्ने गुइयाहरुलाइ
जेल नेल बाकिनै छन्
सेना पुलिस बाकिनै छन्
सत्ता र शक्ती हाम्रै छन्
यो त नयाँ युग हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here