गढवामा एक दिने प्रशिक्षण सहित भेला सम्पन्न

0
247

मंसिर ११, दाङ । राष्ट्रिय जनमोर्चा समर्थित रक्तिम सांस्कृतिक अभियान गढवा १ दाङको एक दिने प्रशिक्षणात्मक भेला सहित प्रगतिशील देउसी भैलो कार्यक्रमको समापन गरिएको छ ।

अखिल नेपाल युबक संघ दाङका जिल्ला अध्यक्ष चित्र एमसीको अध्यक्षता तथा मधु सुधन केसीको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई रक्तिम साँस्कृतिक अभियानका पुर्ब केन्द्रीय कलाकार हरि सुवेदीको स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संघ दाङका जिल्ला अध्यक्ष भानु जिएम, सदस्य ओम बहादुर मगर, राजमो जिल्ला सदस्य नवराज शर्मा रक्तिम साँस्कृतिक अभियान दाङ कि जिल्ला सदस्य जयन्ती बस्नेत (एमसि), अखिल नेपाल युबक संघ दाङका जिल्ला सचिब चन्द्रप्रकाश आचार्य, राजमो गढवा गापा वार्ड न १ का अध्यक्ष भरतराज अधिकारी, सचिब द्रोण भट्टराई, ऐरावती क्याम्पसका प्रशासन सहायक सन्तोष योगी समेतको आतित्थ्यता रहेको थियो ।

प्रशिक्षण भेलाले दिपक पोख्रेल अध्यक्ष, राज कुमार योगी उपाध्यक्ष, तृसन केसी सचिव, पुर्शोत्तम शर्मा सहसचिव, उर्मिला बस्नेत कोषाध्यक्ष र अन्य सदस्य सहित २३ सदस्यीय रक्तिम साँस्कृतिक अभियानको गढवा गापा वार्ड न १ समिति गठन गरेको छ ।

त्यस्तै संदेश भण्डारीको अध्यक्षतामा अखिल छैठौंको गढवा गापा वार्डनं १ स्तरिय १९ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै उपाध्यक्ष– सिद्धार्थ सुवेदी, सचिव– यकिना जियम, सहसचिव– प्रतीक्षा शर्मा र कोषाध्यक्ष– असिम एमसि रहेका छन् ।

यसै गरि अध्यक्ष– नितु जियम, उपाध्यक्ष– राजेश परियार, सचिव– आभास योगी, सहसचिव– बिहानी थापा र कोषाध्यक्ष– नितेश कौशल २५ सदस्यीय समिति गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here