हराएको मान्छे म
चारैतिर भौतारिएर
गल्ली गल्ली
कुना कप्चा
सबै ठाउँमा हराएको मान्छे म
कहिले अाफैमा हराए
कहिले उनको प्यारमा हराए
कहिले यो देशको अन्धकारमा हराए त
कहिले यिनै काला संसारमा हराए
सयौं चोटि हराए
सयौं चोट खाए
हजारौं ठक्कर
खाएपछि बल्ल थाहा भो
म अाफ्नै देशमा पो हराए
अाफ्नै मातृभूमि मा हराए
अाफ्नै गाउ ठाउ मा हराए
यिनै खोलानाला बगेर हराए
म संगै बालापन बिताएका
सहयात्री साथी पनि
मलाई नचिन्ने पो भएछन्
तिनै साथीहरू
जो संग मैले अाफ्ना कयौं कुरा बाडेको थे
त्यै माटो
जुन माटोमा मैले
हास्थे,गाउथे,नाच्थे
त्यै माटोले मलाई चिन्दैन
म अाफ्नै देशमा हराए अामा
अाज तिम्रो बहुत याद अाइरहेछ अामा
तिम्रो ममताको लागि छट्पटाई रहेछु अामा
तिम्रो अनुहार नदेखेकोनि जमाना भइसक्यो अामा
तिमिले पकाएको कोदाको रोटी
सिस्नुको साग नखाको नि धेरै भइसक्यो अामा
अाज यो सहर बाट तिमिलाई सम्झदा
अाखा बाट अाशु बरर झरिरहेछन
हो अामा म हराए
म साच्चिकै हराए अामा
अाफ्नै देशमा हराए
तिनै सामाजिक ब्यक्तिहरुका बिच हराए
हजारौं को भिडमा एक्लै भएर हराए
तर अामा मैले हार मानेको छैन
यि कदम रोकेको छैन
यि कदम सदा सत्यको बाटोमा हिड्नेछन
र सधै हिडिरहने छन।