- सुमन थापा, काठमाडौं
छहराको कलकल धुन
पवनको मधुर स्पर्श सङ्गै
दौडी रहेछ बादल
नटुङ्गिने यात्रामा
फगत जिन्दगिको दौड।।।
निक्कै टाढा
क्षितिज पारिको एकान्त
मिठो लाग्दैछ चिहाउदै
टाढा टाढा नजरका दृष्टि
नितान्त एक्लोपन अनि एकान्त
गगनलाई चुमी रहेको एक्लो चन्द्र
अनेक उपमा दिएर रमाउने
जिन्दगिका गोरेटाहरु।।।
अप्ठेरो भिरमा फलेको ऎसेलु जस्तो
खुसी हुने बहाना खोजिरहेछ
हरपल हरक्षण।।।।।
निसँकोच गगनमा आफ्नै ढङ्गले
उडिरहेको पँक्षी जस्तै
त्यो बुढो पिपल
भुमरिको बेग सहन बाध्य छ
तर।।।
कहाँ टुङ्गिन्छ, कुन क्षण सकिन्छ
आफ्ना, पराई माझ को सम्बन्ध।।
थाहै नपाई ।।।।।
चिताको यात्रा गर्छ मान्छे ।