“रोयल कलब सर्कुवा” गठन

0
368

बाग्लुङ । जैमिनी नगरपालिका ४ सर्कुवा निवासी युवाहरू तथा समाज सेवीहरुले २०७५ मंसिर ०६ गतेका दिन भेला सम्पन्न गरेका छन् । बल बाहादुर थापाको अध्यक्षमा र चक्र थापाको बिशेश उपस्थितमा सम्पन्न भेलाले “रोयल कलब सर्कुवा” गठन गरेको छ ।

कलबका संरक्षक तथा संयोजक बल बहादुर थापा चयन भएका छन् । त्यसतै मूल समितिमा अध्यक्ष कमल थापा, उपाध्यक्ष मन बहादुर थापा, सचिब अमृत सुबेदी, सहसचिव चन्द्रा थापा, कोषाध्यक्ष नगिन्द्र थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा : बाबुराम पौडेल, गगन थापा, रामु क्षेत्री, लुमा थापा, सुस्मिता थापा रहेका छन् ।

खेल संयोजक रामु क्षेत्री, बिधान समिति संयोजक बाबुराम पौडेल, साँस्कृतिक समिति संयोजक शिव पौडेल, आर्थिक समिति संयोजक नगेन्द्र थापालाई मनोनित गरिएको छ ।

त्यसैगरी विभिन्न देशहरुमा समेत वैदेशिक समिति संयोजकहरु चयन गरिएको छ । जसमाः अर्जुन पौडेल (भारत), गणेश थापा (दुबई), भरत सुवेदी ( कोरिया), मेघराज सुवेदी (जापान), वसन्त शर्मा (कतार), हरि थापा (मलेसिया), कमल थापा (साउदी) रहेको कलबले जनाएको छ ।

त्यस्तै विभिन्न जिल्लाहरुमा रहने व्यक्तित्वहरुलाई पनि सँयोजक गरिएको छ । जसमाः रामित थापा (बागलुङ), गौरव थापा (पोखरा), सुजन केसी (चितवन), हिमाल पौडेल (काठमाडौ) रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here