चिदिकामा बृहत जनसभा तथा साँस्कृतिका कार्यक्रम सम्पन्न

0
200

अर्घाखाँची । कर बृद्धि, महङ्गी र भ्रष्टचारको विरोध, गणतन्त्र राष्ट्रियता धर्म निरपेक्षताको रक्षा र संघीयताको खारेजी भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा छत्रदेव गाउँपालिकाले चिदिकाको केवलीपोखरामा जनसभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पारेको छ ।

राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बि.सी.ले संघीयताको समर्थकहरु नै संघीयताबाट दिक्क भइसकेको दाबी गर्नुभएको छ । “हिजो विदेशीको इसारामा ल्याइएको संघीयताले नेपाल र नेपालीमा बिखण्डन ल्याउँछ भन्दा हामीलाई खिल्ली उडाउनेहरु अहिले संघीयताको सुरुवाती नतिजाबाटै थाकेका छन्” बि.सी.ले भन्नुभयो, “सबै देशभक्त जनता एक जुट भएर संघीयता खारेज नगरे कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने योजना सफल हुनेछ ।” नेता बि.सी.ले मुलुकमा संघीयता टिके नेपाल रहन नसक्ने जिकिर समेत गर्नुभयो ।

नेत्र गैरेको अध्यक्षता, गोकर्ण कुमालको स्वागत मन्तव्य र गणेश पौडेलको संचालनमा गाडि बढेको सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.,उपाध्यक्ष गोपाल पौडेल, सचिव बाबुराम सुनार, नेता कमल भुसाल, पशुपति ढकाल, राजमो गुल्मीका नेता हरी न्यौपाने, अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुंवर, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य कल्पना पोख्रेल लगायतका बक्ताहरुले सभालाई सम्बोधन गर्नुभएको थियो ।

वक्ताहरुले व्यक्ति र पार्टीगत स्वार्थ भन्दा माथी उठेर राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्न आम नेपाली जनसमुदायलाई आव्हान गरेका थिए ।

रक्तिम साँस्कृतिक अभियानका केन्द्र तथा जिल्लाका कलाकारहरूले विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
(गोपाल प्रसाद भट्टराई)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here