मंसिर ८, बाग्लुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति बागलुङको तेश्रो र चौथो बैठक सम्पन्न भएको छ । बैठकबाट जिल्ला अध्यक्ष शिवलाल चालिसेले प्राविधिक कारण देखाउँदै राजिनामा दिएका छन् । चालिसेको उक्त राजिनामा बैठकले स्वीकृत भएपछि सचिव इन्द्रमणी पाण्डे अध्यक्ष चयन भएका छन् ।
पाण्डे अध्यक्षमा चयन भएसँगै रिक्त सचिब पदमा कोषाध्यक्ष मनिश कडेल र कोषाध्यक्षमा सहसचिव बिमा जोल्मी साथै सहसचिवमा सदस्य आषिश गुरूङ चयन भएको बैठक पछि नवनियुक्त अध्यक्ष पाण्डेद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
बैठकले आफ्नो नियमित बुलेटिन सङ्गिन प्रकाशन गर्न दिपन्द्र पौडेलको संयोजकत्वमा ५ सदस्यीय प्रकाशन बिभाग गठन गरेको विज्ञप्तीमा उल्लेख छ । बुलेटिन संगिन आगामी माघ महिना भित्र प्रकाशन गरिनेछ ।
साङ्गठनिक कार्यलाई चुस्त दुरुस्त गर्ने, बिभिन्न गाउा नगरको भेला तथा प्रशिक्षण गर्ने निर्णय गर्नुका साथै राष्ट्रिय जनमोर्चा बागलुङको एतिहासिक छैठौं जिल्ला सम्मेलनको तयारीमा जुटन समेत छैठौं बाग्लुङले आफ्नो नेता कार्यकर्ताहरुलाई आव्हान गरेको छ ।