पप्पु कन्स्ट्रक्सन कालोसूचीमा

0
193

काठमाडौं । दर्जनौँ विकास निर्माणका ठेक्का हात पारेर काम अलपत्र छोड्ने पप्पु कन्ट्रक्सन कालोसूचीमा परेको छ । राजनीतिक आडमा ठेक्कापट्टा हात पार्ने गरेको निलम्बित सांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनलाई सरकारले सम्पूर्ण टेन्डर प्रक्रियामा रोक लगाएको हो ।

ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिाचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेन्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो ।

मङ्गलबार कार्यालयले जारी गरेको सूचनामा सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको उल्लेख छ । त्यस्तै, पप्पुलाई ठेक्का प्रक्रियामा सहभागी गराउँदा विकासमा बाधा अवरोध–सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवन स्तरमा समेत नराम्रो असर पर्ने सम्भावना देखिएको सूचनामा लेखिएको छ ।

कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ । नहर निर्माणको काम समयमै नसकेको भन्दै सिक्टा आयोजनाले २९ कार्तिकमा निर्माण कम्पनी कोस्टाल पप्पु जेभीसँगको ठेक्का सम्झौता तोड्दै कालोसूचीमा राखेको थियो । पप्पुले २०१६ जुन २० मा उक्त आयोजनाको २३ कि.मि. को डुडुवा शाखा नहर निर्माण गर्ने ठेक्का पाएको थियो । तर पप्पुले ठेक्का सम्झौता अवधि सकिादा समेत जम्मा सात प्रतिशत मात्र काम गरेको आयोजनाले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here