खोज पत्रिकारिताको ताकातले रसीयन सरकारलाई नै हल्लाई दियो

0
213

मस्को । विगतमा रुसमा स्क्रा पत्रिकाले जार शासनलाई हल्लाई दिए जस्तै यतिवेला रुसमा तिखो खोज पत्रकारिताले पुटिनको सरकारलाई हल्लाई रहने पत्रिका छ, (नोभोय भ्रेम्या –द न्यु टाइम्स) । दुखको कुरा यो पत्रिका आर्थिक संकटले गर्दा छपाइ बन्द भइसकेको छ, तर अनलाइन संस्करण अझै बाँकी छ ।

केही दिनअघि सानो अत्तो थापेर अदालतले सो पत्रिका माथि २२,२५०,००० रुबल अर्थात करिव ३,३७,००० डलर जरिमाना लगाएको छ ।

यसरी राज्यले रुसको इतिहासमै सबैभन्दा ठूलो आर्थिक दण्ड लगाएर पत्रिकालाई दोकान बन्द गर भनेको थियो, तर अदालतको सो फैसलाको विरुद्ध रसियन जनता आए ।

देशैभरिबाट करिव २०,००० मान्छेको सहयोगमा पत्रिकाले चार दिनमा चार लाख डलर भन्दा बढि उठाइ सकेको छ, तर सहयोग आउने क्रम रोकिएको छैन ।

जुगल भुर्तेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here