आखिर किन परिवर्तन गरे एक सय २९ वर्षपछि ६० देशले वजन नाम्पने मापन ?

0
326

हाम्रो दैनिक जीवनसँग जोडिएको शब्द किलोग्राम अर्थात् किलोको परिभाषा परिवर्तन भएको छ । अब एक किलोग्रामलाई प्लांक कन्स्टेन्टको आधारमा मापन गरिनेछ । यद्यपी, यसले दैनिक जीवनलाई भने प्रभावित पार्दैन । तर उद्योग र विज्ञानमा यसको व्यवहारिक प्रयोग हुने आशा छ किनभने यहाँ सटिक मापन गर्नैपर्ने हुन्छ ।

अब सन् २०१९ को मे २० तारिखदेखि वैज्ञानिकले किलोग्रामलाई मापन गर्ने नयाँ तरिका अपनाउनेछन् भने विद्यार्थीहरुले पनि परीक्षामा  यही परिभाषा लेख्नुपर्नेछ ।

गुरुत्वाकर्षणको हिसाबले परिवर्तन हुन्छ तौलः

हामी ठोस सामग्री तौल गर्नका लागि जुन किलोग्राम शब्दको प्रयोग गर्छौं, त्यो वास्तवमा द्रव्यमान (mass) को अन्तर्राष्ट्रिय इकाई हो । द्रव्यमान अर्थात् कुनै पनि वस्तुको वास्तविक तौल । हामी जुन तौलको मापन गर्छौं त्यो उक्त स्थानको गुरुत्वाकर्षणमा निर्भर हुन्छ । विभिन्न स्थानको गुरुत्वाकर्षण फरक हुन्छ त्यसकारण कुनै वस्तुको धर्ती र चन्द्रमामा तौल फरक–फरक हुन्छ जबकी द्रव्यमान समान हुन्छ ।

सन् १७९५ मा एक किलोग्रामलाई चार डिग्री सेल्सियस तापक्रम भएको एक लिटर पानीको तौल बराबर मानियो । सन् १८८९ देखि प्लेटिनम र इरिडियम मेटललाई मिलाएर एउटा सिलिडन्रको आकार दिइयो । यसलाई इन्टरनेशनल प्रोटोटाइप अफ किलोग्राम भनियो । यो तौललाई सन् २०१८ को नोभेम्बर १६ तारिखसम्म एक किलोग्रामको मान्यता दिइयो । यो प्रोटोटाइपलाई सन् १८७९ मा जोनसोन मेटहेले डिजाइन गरेका थिए । यसको हुबहु आकार र तौल भएको थप ६ वटा सिलिन्डर बनाइएको थियो जसलाई फ्रान्सको इन्टरनेशनल ब्यूरो अफ वेट्स एण्ड मेजर्समा राखिएको छ ।

पर्यावरणमा पर्नसक्छ प्रभावः

अहिलेसम्म किलोग्रामको परिभाषा जुन तरिकाले तय गरिएको थियो त्यसमा पर्यावरणको प्रभाव पर्न सक्छ । यद्यपी, प्लाटिनम एउटा यस्तो धातु हो जसमा तापमान, दबाब र चिस्यानको असर सबैभन्दा कम हुन्छ । हालै वैज्ञानिकले यसमा पनि परिवर्तन देखे । त्यसपछि किलोग्रामलाई मापन गर्ने एउटा यस्तो तरिकाको माग हुन थाल्यो जसमा कुनै भौतिक वस्तुको प्रभाव नपरोस् । अहिलेसम्म आधारभूत इकाई – किलोग्राम, मिटर, सेकेन्ड, एम्पियर, केल्विनमध्ये किलोग्राम नै एउटा यस्तो युनिट थियो जुन फिजिकल इलिमेन्ट (भौतिक तत्व) मा आधारित थियो ।

सन् २०१८ को नोभेम्बर १६ मा फ्रान्सको वर्सायमा जनरल कन्फरेन्स अन वेट्स एण्ड मेजरमेन्टमा ६० बढी देशका प्रतिनिधीले भोटमार्फत अबदेखि किलोग्रामलाई प्लांक कन्स्टेन्टको आधारमा मापन गरिने निर्णय गरे ।

धेरैजसो वैज्ञानिक किलोग्रामलाई यान्त्रिक र विद्युतीय चुम्बकीय ऊर्जाको आधारमा परिभाषित गर्नुपर्ने पक्षमा थिए ।

यद्यपी, युकेमा नेशनल फिजिकल ल्याबरेट्रीकी वैज्ञानिक पेड्री विलियम्सले यसबारे मिश्रित प्रतिक्रिया दिएकी छिन् ।

उनी भन्छिन्, ‘म लामो समयदेखि यो प्रोजेक्टसँग जोडिएकी छैन र म किलोग्रामको मापन रुचाउँछु । तर यो आफैंमा एक महत्वपूर्ण पल हो र एउटा राम्रो कदम पनि । यो नयाँ तरिकाले उत्कृष्ट रुपमा काम गर्नेछ ।’

 यसलाई मापन गर्नका लागि किब्बल तराजुको प्रयोग हुनेछ जुन विद्युतबाट संचालित हुनेछ । त्यसकारण एम्पियर (करेन्टको युनिट), केल्विन (तापक्रम मापन गर्ने युनिट) र मोल (पदार्थको मात्राको युनिट) मा पनि परिवर्तन हुनेछ ।

इन्टरनेशनल ब्यूरो अफ वेटस् एण्ड मेजर्सका निर्देशक मार्टिन मिल्टनका अनुसार यो बेसिक युनिटलाई पुनः परिभाषित गर्नु विज्ञानको लागि ठूलो क्षण हो ।

रातोपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here