झ्याल बाट उज्यालो छिरे सॅगै
मन भित्र अंध्यारो पस्ने गर्छ।
झिस्मिसेमै पाईला नचाल्ने हो भने
साॅझको छाक बस्ने गर्छ।
रात भरीको सिरीठो सॅगै
निन्द्रा आउनै मान्दैन नजिक।
बुढोले पैतला नखियाय सम्म
परिवार कै हुन्छ विजोक।
बिहानको चिसोसॅगै मुटु र तिघ्रा कमाउदै
सबैको घरका कुकुर भुकाउॅदै।
जाडोको प्रवाह नगरी
घर् घरमा सारङगी बजाउॅदै।
मुठ्ठीको दरले मानो पुराउॅदै
साॅझ फर्किनु छ घरमा।
भुन्टे पुन्टे र डल्ले सबै
यहि बुढाको भरमा।
चुनाव आउॅदा सुनुको थिएॅ
भातखान काम गर्न पर्दैन भनेर।
म बुढालाई खुशि लाग्थ्यो
अति मिठा भाषण सुनेर।
कहाँछन ऐले ति मिठो भाषण गर्ने मान्छे
यति मेरो गुनाशो सुनाई दिनु।
काले गाईने भोकै छ भनि
उनकै कानमा पुराई दिनु।
चाहिदैन भन्दिनु होला मफतिमा भात
एउटा पेट पाल्ने काम दिए हुन्छ।
पर्दैन घुम्ने कुर्शिको काम
फोहोर फ्याक्ने काम भय पुग्छ।
एक घर एक रोजगार
अति बिपन्न परिवारलाई।
कान सम्म पुर्याई दिनु होला
ऐलेको सरकारलाई ।
गरिवको बस्ति कष्टकर बन्दैछ
रोग भोक र ठन्निले।
केही त गर्नु पर्यो अब
सित्तैमा भात खान दिन्छौं भन्निले।
तिम्ले लाएको कर् तिर्ने उपाय पनि
छैन सरकार गरिवलाई बाटो देखाई देउ।
एकघर एक रोजगारको अभियान लिई
घर घरमा गई नाम लेखाई देउ।
केही त गरेर देखाउ सरकार
डाणु पनियो आफ्नै हातमा भयको बेला।
अति बिपन्न परिवार ले तिम्लाई
आजिवन शम्झिएला।
हामी आसा र कामना गर्दछौं
हाम्रो चित्कार सरकारको कानसम्म पुगोश।
समयमै हाम्रो आवज
ध्यान दिएर सुनोश।