अर्घाखाँचीमा किसान महासंघको भेला सम्पन्न

0
171

अर्घाखाँचीमा । अखिल नेपाल किसान महासंघ सन्धिखर्क नगर अध्यक्षमा दिलदार हुसेन निर्बाचित हुनुभएको छ । सन्धिखर्कको मसाल बजारमा आज सम्पन्न प्रथम नगर भेलाले अध्यक्ष हुसेनको नेतृत्वमा ९ पूर्ण,२ वैकल्पिक र ४ सल्लाहकार सहित १५ सदस्यिय नगर समितिको गठन गरेको हो । नव गठित नगर समितिको उपाध्यक्षमा ज्ञानेन्द्र खनाल,सचिव शारदा खनाल,सह–सचिव गोपाल खनाल र कोषाध्यक्षमा रामचन्द्र भुसाल चयन हुनुभएको छ ।

यस्तै भेलाले पुष्करनाथ बन्जाडे, गणेश बन्जाडे,मधु के.सी. र लोकीदेवी भट्टराई रहेको ४ सदस्यिय सल्लाहकार समितिको गठन गरेको छ । महासंघका जिल्ला अध्यक्ष जिवनारायण खनालको अध्यक्षता, उपाध्यक्ष गणेश बन्जाडेको स्वागत मन्तव्य र सचिव भिमलाल आचार्यको संचालनमा सम्पन्न भेलाको उद्घाटन गर्दै महासंघका केन्द्रिय महासचिव कृष्ण के.सी.ले बर्तमान सरकार कम्युनिष्ट आन्दोलनलाई सखाप पार्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।

तत्कालिन एमाले र माओवादीको एकताबाट बनेको कम्युनिष्टलाई महासचिव के.सी.ले कथित नेकपाको संज्ञा दिंदै नेकपा नेतृत्वको दुइ तिहाइ सरकारले जनता र देशको हितमा काम गर्ने छांट नदेखिएको बताउनुभयो । सरकारका गलत कदमलाई खबरदारी गर्न जनता सचेत हुनुपर्नेमा उहांको जोड रहेको छ ।

राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बि.सी., सागर के.सी., जिल्ला अध्यक्ष थम्मन के.सी., यमलाल पोख्रेल, पशुपती ढकाल, अन्टुक केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी.लगयतको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा अनेमसंघ केन्द्रिय सदस्य कल्पना पोख्रेल, अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवर र अन्टुक सन्धिखर्क नगर अध्यक्ष कमलप्रसाद घिमिरेले मन्तव्य राख्दै विश्वका हरेक परिवर्तनमा किसान आन्दोलनकै महत्वपूर्ण भुमिका रहेको प्रसंग सुनाउंदै किसान संगठनलाई शषक्त बनाउन सबै एक जुट हुनुपर्ने बताउनु भएको थियो ।

यसैबिच राष्ट्रिय जनमोर्चा निकटको अनेम संघ भुमिकास्थान २ ढाकावाङ्गको प्रशिक्षण भेला पनि आजै सम्पन्न भएको छ ।

गुमादेवी बन्जाडेको अध्यक्षता, केशरा परियारको स्वागत मन्तव्य, अनेम संघ केन्द्रिय उपाध्यक्ष सकुन्तला रानाको प्रमुख आतिथ्यता र आरता वेल्वासेको संचालनमा सम्पन्न भेलाले आरता वेल्वासेकै अध्यक्षतामा १३ सदस्यिय अनेम संघ वडा समितिको गठन गरेको छ ।

जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः देवकला खनाल,उमा मरासिनी, मनिषा के.सी, र सरस्वता खनाल रहनुभएको छ । भेलामा राष्ट्रिय जनमोर्चाका नेता खड्क बहादुर थापा,बुद्धि बहादुर थापा र सुमित्रा वि.क.ले मन्तव्य राख्दै नव निर्बाचित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको खबरमा उल्लेख छ ।

-गोपालप्रसाद भट्टराई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here