प्रदेश सभा र स्थानीय तहका ३२ जनप्रतिनिधिको पद रिक्त

0
145

काठमाडौं । प्रदेश र स्थानीय तहका समेत गरी अहिले ३२ जना जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेश सभा सदस्य सहित १८ जनाको मृत्यु तथा केहीको राजीनामा, प्रदेश सभा र जिल्ला समन्वय समितिमा निर्वाचित र फौजदारी अभियोगमा कारागार चलान भएकाले ती पद रिक्त भएका हुन् । भक्तपुर प्रदेश सभा सदस्य हरिशरण लामिछाने, धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्षको निधनपछि प्रदेश सभा सदस्य, नगरप्रमुख र गाउँपालिका अध्यक्षको एक/एक पद रिक्त हुन पुगेको हो ।

स्थानीय तहको निर्वाचनपछि मुलुकका विभिन्न नगरपालिका र गाउँपालिका समेत गरी हालसम्म १३ वडाध्यक्षको मृत्यु भएको छ । महोत्तरीको मटिहानी नगरपालिका–६ का वडाध्यक्षको राजीनामा, नुवाकोट दुप्चेश्वर नगरपालिका–१ का वडाध्यक्ष मानव बेचबिखन मुद्दामा कारागार परेका कारण तथा प्युठान ऐरावती गाउँपालिका–२ का वडाध्यक्ष र कञ्चनपुर पुनर्वास नगरपालिका–३ का वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित दभएपछि ती वडा नेतृत्वविहीन भएका हुन् । सोलुखुम्बु सोलु–दूधकुण्ड नगरपालिका–११ मा भने निर्वाचनमा उम्मेदवारी नै नपरेका कारण उक्त वडाबाट जनप्रतिनिधिको चयन हुन सकेको थिएन । यो अवधिमा विभिन्न कारणबाट स्थानीय तहमा एक महिला सहित सात वडा सदस्यको पद रिक्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here