जयपुर दक्षिणमा भव्य रुपमा भैलो सम्पन्न

0
251

जयपुर दक्षिण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिणले २०७५ सालको जनवादी भैलो भव्य रुपमा सम्पन्न पारेको छ । नगर समितिले आयोजना गरेको सो भैलो भोजपुरा, २२ गोदाम, गोपालपुरा, त्रिवेणी नगर, मानसरोवर, सीतापुरा, सांगानेर, गाँधी नगर, झालाना डूँगरी, ज्योति नगर आदि स्थानहरुमा भव्यरुपमा खेलिएको थियो ।

मूल प्रवाहको नगर समितिका सम्पूर्ण कार्यकर्ता साथै महिला बिभाग, रक्तिम विभागका कलाकारहरुको अत्याधिक संख्यामा उपस्थिति रहेको सो टोलीको नेतृत्व रक्तिम केन्द्रीय विभागका सचिव रिम राना, मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेलबहादुर रजाली, नगर समिति जयपुर दक्षिणका अध्यक्ष ओम थापा, उपाध्यक्ष बलबहादुर खासु, सचिव बाबुराम थापा, कोषाध्यक्ष दिपक थापा लगायतले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here