हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा २०७५ सालको प्रगतिशील देउसी भैलो कार्यक्रम सेकेन्दराबादमा सम्पन्न भएको छ ।
रामप्रसाद पौडेलको अध्यक्षता तथा खिमबहादुर बिकको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा अतिथिहरुको आसन ग्रहण बिर सहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात कृष्ण बहादुर थापा र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय सदस्य रामप्रसाद आचार्यले शभकामना दिदै प्रगतिशील तरिकाले मनाइने पर्बहरुले नै आमुल परिवर्तनको लागि ढोका खोलिदिने भयकोले प्रबासी नेपालीहरुले पनि सबै चाड पर्बहरुलाई परम्परागत तरिका भन्दा अलग सबै प्रकारका तडक भडकबाट टाढा रहेर मूल प्रवाहले नै गर्दै आइरहेको बताउनु भयो ।
त्यसै गरि विशिष्ट अतिथी केन्द्रीय सचीव प्रेम पौडेलले सम्बोधन गर्दै दृष्टिकोणलाई बिकास गर्न नसक्दासम्म समाज परिवर्तन गर्न नसकिने जिकिर गर्नु भयो । कार्यक्रममा मूल प्रवाह कि केन्द्रीय बैकल्पिक सदस्य फुल बिना पौडेल, सल्लाहकार रामकुमार क्षेत्री, रक्तिम केन्द्रीय बिभागका झलक पुन, केन्द्रीय प्रतिनिधी सुर्य बहादुर पुन, विद्यार्थी केन्द्रीय बिभागका जीबन शर्माले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा रक्तिम क्षेत्रीय कलाकारहरुले विभिन्न समय र सन्दर्भका रोचक गित र नृत्य सहित भैलो प्रदर्शन गरेका थिए ।