रगतले लेखिएको इतिहास: पहिलो र दोस्रो विश्व युद्ध

0
283
शशिधर भण्डारी

१९१४ देखि १९१७ सम्म भएको महा बिनासकारी युद्धमा विश्वका १३ वटा राष्ट्र छोडेर सबैले भाग लिए । यो अन्तर साम्राज्यवादी युद्ध थियो । यो विश्व युद्धमा विश्वका अधिकांश मुलुक मात्र होइन मोर्चा र संगठनहरू पनि तानिए । दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रियमा अन्तर साम्राज्यवादी भावी युद्धको विषयलाई  लिएर युद्ध नहुँदै तीब्र विवाद र कडा अन्तर संघर्ष चल्यो । लेनिन, रोजा, कार्ल लिप्चनेट आदिले युद्धको विरूद्धमा आवाज उठाए । तर कार्ल काउत्स्की लगायत विश्वको ठूलो मजदुर संगठनको पक्ति युद्धको पक्षमा उभियो । दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रिय विघटन नै भयो । साम्राज्यवादीहरू संघर्षमा लागिरहेको अवस्थामा विश्वका मजदुर एकतामा जोड दिंदै रूसमा लेनिनले क्रान्तिकारी आन्दोलनलाई कसरी उठाए  ? विस्तृत व्याख्या पुस्तकमा छैन । तर प्रथम विश्व युद्धको कारण, स्वरूप र १९१७ को बोल्शेविक क्रान्तिको मूल इतिहास प्रस्तुत पुस्तक पर्याप्त छोटकरीमा बुझ्न उपयोगी छ ।

१९३९–१९४५ सम्म संचालन भएको अर्को बिनासकारी युद्धमा भने कम्युनिष्टहरूलाई विशेषत: तत्कालिन सोभियत संघलाई भाग लिनै पर्ने भयो किनभने सोभियत समाजवाद र विश्व कम्युनिष्ट आन्दोलनको नं. १ दुश्मन फासिवाद बन्यो । स्टालिनको दक्षता, सोभियत संघ, अमेरिका र बेलायतका बीचको फासिवाद विरोधी मोर्चाको निर्माण र फासिवाद विरूद्धको धावा कम महत्वको द्वन्द्वात्मक कुटनीति थिएन । यी दुवै  यद्ध महा बिनासकारी थिए  । त्यसैले विश्वयुद्ध भनियो । प्रस्तुत पुस्तकमा दोस्रो विश्व युद्धको सन्दर्भमा आवश्यक व्याख्या छ । याल्टा सम्मेलनको प्रकाश सहितको इतिहास पठनीय छ ।
प्रथम र द्वितीय दुवै विश्व युद्धमा नेपालको सहभागिता रहेको छ । त्यसो त डा. हर्क गुरूङको गोरखाली गाथा र गोरखा भर्तिकेन्द्रबारे छोटो टिप्पणी समावेश गरेर पुस्तकलाई नेपालीकरण गर्न खोजिएको छ तर ब्रिटिश साम्राज्यको  विरूद्धमा कुर्वानीपूर्ण लडाई लडेका नेपाली पुन: अंग्रेजी साम्राज्यको पक्षमा अर्को कुर्वानीपूर्ण लडाई लड्न विवश भएको तथ्य पनि समावेश गरेको भए राम्रो हुन्थ्यो । पुस्तकको महत्वपूर्ण सम्पत्ति भावी तेस्रो विश्व युद्धका सम्भावनाबारे आइन्स्टाइनको प्रश्न र सिगमण्ड फ्रायडको मनोवैज्ञानिक उत्तर पनि हो । समग्रमा स्टालिनले भने जस्तै सोभियत संघको रगत, बेलायको कुटनीति र अमेरिकाको इतियारले फासिवादलाई ढालेको चर्चा भने प्रयाप्त छ, पुस्तकमा ।
मित्र भोगिराज चाम्लिङले यी महत्वपूर्ण सामाग्रीलाई सम्पादन र अनुवाद गरेर दिनु भएको योगदान र साहारा पब्लिकेशन काठमाडौंले पुस्तक प्रकाशन गरेर पाठक समक्ष ल्याउने काम सह्रानीय छन् । पुस्तक पठनीय छ । किनभने प्रथम र द्वितीय विश्वयुद्धको गाथा पढ्दा यी मानव संहारका करूण गाथाहरू मसिले होइन, रगतले लेखिएको अनुभूति हुन्छ , मानस्पटलमा । आज पनि हामीलाई लखेट्ने पीडा यो छ, करोडौं सोभियत कम्युनिष्टहरूको रगतको भल बग्यो  द्वितीय विश्व युद्धमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here