बेला अगाडि गयो

0
159

–तितेपाती
कस्ता छन् घरका मनुष्यहरू ती बन्धन बिनाका कडि
बम्किन्छन् सहजै यथासमयको वास्ता नगर्दै बढी ।
क्वै बेला मखिया थिए घरमा अहिले विरालो सरी
रूङदैछन् अलिहे बनेर चटकी चुच्चा बिनाका चरी
आफ्नो होस् अधिकार पैत्रिक भनी तामझाम बडो गर्दछन्
पाखुरेहरू सब बटुलिकन खुब स्वागत स्वयं गर्दछन् ।
हाम्रो हो सब यो समस्त धर्ती आकाश हाम्रो भनी
पाखा ती बनको गराहरू बसै पानी समेतमा पनि ।
ज्इाभो करणी र शोषण यहाँ बाँकी नराखी कतै
अर्का ती जनको छ गर्जन उतै साढे त मत्ता जसै
कोही छन् बटुवा हराईरहने बाटो विराईकतै
भागबण्डा धनको बुझेर सहसा थन्किरहेका उतै
ठान्यौ यो धर्ती खशी सरहको चौटा बनायौ भयो ।
निर्धा ती जनका हरेक पलमा अन्याय ठूलो भयो
यस्तो होस् कसरी भनौं अब यहाँ संकटको खेलमा
पुर्‍यायौं अरूमा त चोट सहसा पेवा बनायौं गुना
थकाईरहने जसै कहरमा पर्दा त आफै भने
पाखुरा उनका बलिष्ट छ भनी यहाँ हैन देखाउने ।
कालापानी उता छ गण्डक र यता सुस्ता र माने जुझ
पीडित छन् जनता हरेक तहका खोज्दैछ राहत बुझ ।
जुट्दैछन् दुनियाँ हटाउन सबै लुट्ने र खानेहरू
उठ्दैछन् मनका धनी जगतका काले र लालेहरू
अत्याचार अति भने सही नसकिने अन्याय धेरै भयो
जुट्नै पर्दछ मुक्ति पाउन यहाँ बेला अगाडि पायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here