गौरवपूर्ण चार दशकमा कैयौं उपलब्धि हात पारेका छौं : खनाल

0
228
श्रीगंगानगर, ७ नोभेम्बर । एकता समाजले भारतस्थित नेपालीहरुको पक्षमा गर्दै आएको संघर्षको परिणाले नै आज अविचलित रुपमा चार दशक पार गर्न सफल भएको समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले बताउनु भएको छ । “यो गौरवपूर्ण चार दशकमा हामीलै कैयौं उपलब्धिहरु हात पारेका छौं ।”
                राष्ट्रिय स्तरको राजनीतिक आन्दोलनदेखि अन्तर्राष्ट्रि स्तरको आन्दोलन गोन्जालोको रिहाईको मागहोस्, प्यालेस्टानी न्यायिक आन्दोलनको समर्थ वा भनौ  नेपालमा पञ्चायी चुनावको बहिष्कारको आन्दोलनमा एकता समाजको महत्वपूर्ण योगदान रहेको खनालले बताउनु भयो ।
                     भारत प्रवासमा एकता समाजले पोल्ट्रीफारममा पुरिएको नेपालीलाई न्याय दिने कार्य देखि लिएर कैयौं प्राकृतिक आपदामा परेकाहरुलाई राहत पुर्याउने सवालमा समेत अग्रस्थानमा रहेर एकता समाजले आफ्नो गौरवान्वित ४ दशकमा प्रवेश गरेको खनालको भनाई थियो ।
                 “संविधान सभाको निर्वाचनमा प्रवासी नेपालीहरुको मताधिकारको आन्दोलनलाई एकल वा संयुक्त रुपमा चर्काउँदै जुडिशियल रुपमा होस् वा प्रजातान्त्रिक रुपमा हामीले आन्दोलन चार्कायौं ।” खनालले भन्नु भयो– “मताधिकारको आन्दोलनबाट भाग्नेहरुले अहिले एकता समाजले संघर्ष गरेर प्राप्त गरेको प्रवासी नेपालीहरुको मताधिकारलाई आप्mनो आन्दोलन बताउँदै हिंडेका छन्, त्यो पनि भविष्यले प्रमाणित गरिदिने छ ।”
                      कैयौं न्यायिक आन्दोलनहरुमा भारत प्रवासमा रहेका अन्य साथीहरुलाई पनि हामीले सहभागि गराउने कोशिस गर्यौं तर उहाँहरुले हामीलाई लत्याई दिनु भयो । हामीले हार मानेनौं, आन्दोलन अगाडि बढाई नै रह्यौं र परिणाम पनि आफ्नो कित्तामा पार्दै गयौं । त्यसैले आज भारत प्रवासमा मूल प्रवाहको स्वच्छ छविलाई कहिंकतैबाट कसैले दाग लगाउन नसकेको खनालको भनाई थियो ।
                 विद्यमान पूँजीवादी समाजमा मजदुर आन्दोलन दिनप्रतिदिन छिन्नभिन्न भइरहेको परिवेशमा एकता समाजले आप्mनो एतिहाँसिक ३९औं बसन्त पारगरि ४० औंमा प्रवेश गर्नु आम श्रमजिवी वर्गलाई शुखानुभूति दिने सन्देश रहेको खनाले बताउनु भयो ।
                     “विश्व कम्यूनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ, ठूला ठूला मजदुर युनियनहरु ध्वस्त भएर गएका छन् । पूँजीवादले दिनानु दिन समाजावादी आन्दोलनलाई सखाप पार्दै गइरहेको छ ।” खनालले भन्नु भयो – “तर एकता समाजले भारत प्रवासमा छरिएर रहेका नेपाली श्रमजिवी वर्गको पक्षमा ट्रेड युनियनको भूमिकालाई निर्वाह गरेको छ ।”
                      खनालले श्रीगंगानगर नगर समितिको आयोजनामा सम्पन्न ४० औं स्थापना दिवसलाई सम्बोधन गर्दै एकता समाजले चार दशकमा प्रवेश र शुभदिपावली एकै दिन पर्नु पनि संजोगले भएता पनि श्रमजिवी वर्गले दुबै खुशियाली एकैसाथ मनाउन पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
                    हुमबहादुर बिकको अध्यक्षता तथा हरी न्यौंपानेको सञ्चालनमा अगाडि बढेको सो समारोहमा विभिन्न अतिथिहरुको आशन ग्रहण पश्चात ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण पछि जगेश्वर न्यौंपाने तथा रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
                  त्यस्तै केन्द्रीय सदस्य कृष्ण जीसी, केन्द्रीय सल्लाहकार तथा सुदुरपश्चिमोत्तर क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, सुदुरपश्चिमोत्तर महिला क्षेत्रीय विभागकी कोषाध्यक्ष सुनिता भट्टराई, सदस्य वसन्ता नेपाली, कमला खडका, विष्णु न्यौपाने, मूल प्रवाह नगरका अमर नेपाली, विद्यार्थी विभागबाट शिवा नेपाली, रक्तिमका कृष्ण नेपाली, र तेजपाल भण्डारी लगायतले मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here