चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको अयोजनामा ४० औं स्थापना दिवस समारोह सम्पन्न पारिएको छ । अर्जुन केसीको अध्यक्षता तथा पुष्पा पौडेलको सञ्चालनमा ज्ञात अज्ञात शहिदहरुको संझनमा एक मिने मौनधारण बुध्दिराम पौडेलले स्वागत मन्तव्य दिनुभएको थियो ।
स्थापना दिवस समारोहलाई केन्द्रीय उपाध्यक्ष देबबहादुर लामिछाने, सदस्य भिम बहादुर थापा, क्षेत्रीय सदस्य केशमान नेपाली, केन्द्रीय परिषद सदस्य दयाराम खनाल, नगर समितिका डिल बहादुर जिएम र पदम बहादुर क्षेत्रीले मन्तव्य दिनुभएको थियो ।
सबै बक्ताहरुले “मुल प्रवाह” को इतिहास र कार्यहरुको ब्याख्या र बिश्लेषण गर्दै सम्पूर्ण प्रवासी नेपालीहरुलाई मुल प्रवाहको सदस्यता ल्याउनका लागि अनुरोध गरेका थिए । त्यस्तै सदस्यता वितरणका लागि सम्पूर्ण कार्यकर्ताहरु लागि पर्न र सदस्यता वितरण अभियान नै चलाउन जोड दिएका थिए । कार्यक्रममा सहभागिहरुलाई पदम पौडेलले धन्यवाद दिनु भएको थियो ।
चेन्नई पूर्व,
त्यसै गरी नगर समिति चेन्नई उत्तरले ४० औं स्थापना दिवस समारोह सम्पन्न पारेको छ । चन्द्र बहादुर थापाको अध्यक्षता तथा टिका थापाको सञ्चालनमा अगाडि बढेको सो स्थापना दिवस समारोहमा सहभागिहरुलाई रक्तिमका कलाकारहरु र सूर्य प्रसाद भुसालले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नगर समितिका लक्ष्मण चालिसे, महिला नगर विभागबाट लक्ष्मी चालिसे लगायतले मन्तव्य दिनुभएको थियो ।
चेन्नई दक्षिण,
त्यसैगरी नगर समिति चेन्नई दक्षिणले ४० औं स्थापना दिवस सम्पन्न पारेको छ । जुना शर्माको अध्यक्षता तथा लोकेन्द्र पौडेलको सञ्चालनमा अगाडि बढेको सो स्थापना दिवस समारोहमा उपस्थित जनसमुदायलाई ज्योतिनारायण सुवेदीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य मदन शर्मा, नगर समितिका पुष्पराज अधिकारी, धनमायाँ हमाल, रामकुमार केसी, राजममो बर्दियाका युवराज ढकाल, महिला विभागकी खिमा गिरी लगायतले मन्तव्य दिनुभएको थियो ।