नोएडामा नेपाली चौकीदारको गोली हानी हत्या

0
1351

उत्तर प्रदेशको नोएडामा १४ जनवरी २०१८ आइतबार आशुतोष नामको एक नेपालीलाई अज्ञात समुहले गोली प्रहार गरि हत्या गरेको समाचार बाहिर आएको छ । हिन्दी पत्र पत्रिकाहरुले सो समाचार प्रकाशन गरे पश्चात जानकारीमा आएको हो ।

हिन्दी पत्रिका दैनिक जागरको अनुसार आशुतोष नोएडा सेक्टर ६३ स्थित गार्मेन्ट फेक्टरीमा चौकीदारीको काम गर्दै आएका थिए ।

आइतबारको दिन नोएडाका अधिकांश कम्पनीमा विदा हुने भएता पनि चौकीदारहरुको भने कमै मात्रामा विदा रहन्छ । विहान ८ बजेबाट राती ८ बजेसम्म आशुतोषको डिउटी रहेको थियो । साँझ करिब ७:३० बजे उनको डिउटी पाटनर आउँदा ढोका खुल्लै रहेको र समानहरु सर्वत्र फिंजारिनुका साथै अर्को कुनामा आशुतोषको मृत शरीर फेलापरेको थियो, सोही हिन्दी पत्रिकामा समाचार छ । पत्रिकामा ‘कम्पनी में गार्ड की हत्या, १२ लाख की नगदी लूटी’ हेडेङमा समाचार प्रकाशित भएको छ ।

कुनै वेला उनीसँगै बसोबास गर्ने एक व्यक्तिले दिएको जानकारी अनुसार हाल कपिलवस्तु आर्मी वैरेज र पुलिसथाना नजिक घर भएका उनी पर्वत जिल्लाबाट बसाई सराई गरि कपिलवस्तु आएका आशुतोष विगतमा नेपाल प्रहरीमा काम गरेको तर द्वन्द्वकालमा नोकरी छाडेर भारत पसेको बताइएको छ । केही समय माओवादीमा समेत रहको बताइएको छ ।

ति व्यक्तिले दिएको जानकारी अनुसार उनको बुबा र श्रीमती देवयन्ती देवी शिक्षण पेशामा रहेको, छोराको नाम अभिषेक रहेको समेत बताए ।

यदि जो कसैले पनि आशुतोषको परिवारलाई चिन्दछ, उक्त व्यक्तिले दिल्लीमा 9910535711 मा जानकारी दिनु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here