अर्घाखाँची । अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सकुन्तला रानाले समाजमा अझै पनि पुरातनवादी सोंच हावी भएका कारण महिला हिंसाका घटना नरोकिएको दाबी गर्नुभएको छ । रानाले राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल महिला संघ भुमिकास्थान–५,असुरकोटको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै रानाले भन्नु भयो– “बैज्ञानिक शिक्षाको अभाव र नागरिक सचेतनाको कमी हुँदा पुरातनवादी सोंच हट्न नसक्दा नेपाली समाजमा अझै पनि महिलालाई हेर्ने दृष्ट्रीकोण फरक छ ।”
मुलुकमा अपराध गर्नेहरुलाई कार्बाही गर्ने निकाय नै फितलो हुँदा पिडितले न्याय नपाएको उपाध्यक्ष रानाको धारणा रहेको छ । राज्यबाटै अपराधीहरुको संरक्षण भएको आरोप लगाउंदै रानाले समाजिक बिकृतिका बिरुद्ध सबै एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
भेलाले लक्ष्मी वि.क.को अध्यक्षतामा १५ सदस्यि वडा समितिको गठन समेत गरेको छ । नव गठित अनेम संघ असुरकोटको उपाध्यक्षमा सरिता थापा, सचिव केमा राना, सह–सचिव मनकला के.सी. र कोषाध्यक्षमा दिपा राना चयन हुनुभएको छ । लालसरी रानाको अध्यक्षता, लक्ष्मी वि.क.को स्वागत मन्तव्य र बिष्णुमाया श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा भुमिकास्थान ५ का वडा अध्यक्ष तुल्सी वेल्वासे, भिमलाल बन्जाडे, शिव बन्जाडे, युवक संघका नगर अध्यक्ष राजु सुनार लगायतले पनि मन्तव्य राख्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।