तिहारमा आउन पाएन बैनी तस्बीरमा टिका लगाई दिनु
मेरो नाममा उनको मखमलिको माला नदीमा बगाई दिनु
।।
रमाउनु गाउनु नाँच्नु म नभएपनी देउसी भैली खेल्नु सबै
आफु निराष नबन्नू आमा बाबालाई रमाउन सगाई दिनु
।।
भाई बैनी सबै साना छन आमा बाबा बुढा बुढी हुनुन्छ
ऋण तिरुला म खोजेर भएपनी मिठो मसिनो मगाई दिनु
।।
यो तिहार अली सामाजिक प्रगतसिल तरिकाले मनाउनु
पिछडीएका गाँउ बस्तिलाई पनी जागरुक भई जगाई दिनु
।।
देशमा फटाह राष्ट्रघाती घुसेका छन रे म प्रदेश पसे देखी
मिलेर युवा बिद्यार्थी ती सामन्तीलाई गाउँबाट भगाई दिनु
।।