न बनाउनु सप्तरङ्गी टिका-माला

0
164
  • प्रेम गायक, बाग्लुङ

बैनि म त तिम्रो दाई
अनि तिम्रो मात्र दाई।
एस पालिनी तिमीलाई छोडी
बनें म पराई।

न बनाउनु सप्तरङ्गी टिका
नऊन्नु है माला।
त्यही देखेर मलाई शम्झि
तिम्रो मन रोला।

नफोर्नु है ओखर गेडी
तिम्रो सङ्घारमा।
नदिनु है तेलको धारा
मेरो शम्झनामा।

बैनि म त तिम्रो दाई
अनि तिम्रो मात्रै दाई।
जहां भयनि अर्को साल
भेट्छु तिमीलाई।

मनमा चोट जेभयनि
बाहिर भने हांसेकोछु।
बिदेशको कुनामा भय पनि
तिम्रै लागी बांचेकोछु।

आंशु कत्ति नबगाउनु
म तिम्रै लागी बांचेकोछु।
पोहोर सालको देउसी भैलो
मन मस्तिकमा सांचेकोछु।

अर्को साल त तिम्रै हातको
टिका लाउनेछु।
बाचे भने जहा भयनी
तिम्लाई खोज्दै आउनेछु।

म त आज प्रदेशमा
गेट धकेली रहेकोछु।
भाई टिकाका
क्षण हरु मन भित्र सङ्गालेकोछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here