विराटनगर । नेपालमा रेल दौडाउने ओली सरकारको सपनाको पहिलो खुट्कीलोमा टेकेको छ । हिंजो आइतबार भारतबाट नेपाल रेल पुगेसंगै सो खुटकीलोमा प्रवेश गरेको हो ।
भारतबाट यात्रीहरु लिएर पहिलो सवारी गाडीलाई स्वागतका लागि पूर्वी नेपालको औद्योगिक शहर बिराटनगरको स्टेशनमा हजारौं मानिसहरु उपस्थित थिए । यो रेलगाडीमा भारत र नेपालको झण्डा फहराइरहेका थियो ।
यो लाइनमा गाडीहरु चलाउनका लागि हाल परिक्षण चलिरहेको छ । भारतीय रेल नेटवर्कलाई नेपालसँग जोडने यो रेल मार्ग १८.१ किलोमीटर छ ।
यो रेल बिहारको बथनाहाबाट नेपालको मोरङस्थित कटहरी हुँदै विराटनगरको कटहरी स्टेशनमा पुगेको थियो । भारतीय रेलअधिकारिहरुले भने– “नेपालको तर्फ हजारौंको संख्यामा मानिसहरुले स्टेशनमा पुगेर रेलगाडीलाई स्वागत गरे ।”
यो रेल मार्गमा रेलगाडीको आवागमनका लागि परिक्षण भारतीय रेल अभियंताहरुको निगरानीमा गरिएको थियो । रेल मार्ग निर्माण कंपनीका अधिकारीको पनि उपस्थिति थियो ।
१८.१ किलोमीटरको यो रेलमार्गको १३.१ किलोमीटर हिस्सा नेपालमा पर्दछ । यो रेलमार्गको अनुमानित लागत ४.४८ अर्ब डालर लाग्ने बताईएको छ ।