आफन्त पनि दलाल ! कुवेतमा वेचिएकी चेलीको एकता समाजले गर्यो उद्धार

0
344

कुवेत । आफन्त दलालको चंगुलमा परि कुवेतमा बेचिएकी श्यामकला विकलाई कुवेत नेपाली एकता समाजले उद्धार गरेको छ । उनलाई एकता समाज र कुवेतस्थित नेपाली दूतावासको संयुक्त पहलमा २ नोभेम्बरको घर पुर्याइ सकिएको छ ।

खाडी मुलुक लगायत विभिन्न देशहरुमा तस्करी गर्दै आएका मानवतस्करहरुले पैसाको लोभमा आफन्तहरुलाई पनि बेच्ने काममा अति सक्रिय हुँदै आएको पाइएको छ । आफन्तहरुको पारिवारिक आर्थिक स्थिति कम्जोर रहेको थाहपाउने दलालहरुले मनग्य फाइदा लिने गरेका कैयौं घटनाहरु पाइने गरिएको छ । यस्तै प्रकारको समस्याको शिकार भएकी छिन् कपिलवस्तुकी चेली श्यामकला बिक । उनी पनि आफन्तबाटै तस्करको जालमा फसिन् । १७ वर्ष पहिला प्रेम विवाह गरेकी थिइन् । बिकका श्रीमान् रोजगारीकै शिलशिलामा बहराइनमा रहेका छन् । उनीसँग केही विषय फोनमा विवाद भइरहेको दलालहरुले थाहा पाएका थिए ।

“आफुले पनि छोटो समयमा धेरै कमाउन सकिने श्रीमानको कचकच सुन्नु नपर्ने भन्दै भ्रमित लोभ देखाएर भारतको दिल्ली हुँदै कुवेत पुराए तर कुवेत आएपछी दलालले देखाएको झुठो सपना जस्तो भन्दा ठिक विपरित भयो” श्यामकलाले भनिन् ।

कुवेती साहुबाट चरम शोषण, कुटपिट जस्ता अद्र व्यवहारले अत्तालिएकी बिकले आफ्नो श्रीमानसँग सम्पर्कमा गरेर सुनाएपछी उनले आफ्नी श्रीमतीलाई उद्वार गरिदिन विभिन्न संस्थाहरुसँग अनुरोध गर्दै आइरहेका थिए । “केही व्यक्तिहरुले कुवेत नेपाली एकता समाजलाई खबर गर्ने सल्लाह दिए पनि आफ्नो गुनासो राजनीतिक पार्टीको संगठनले सुनिदिएला” भन्ने विश्वास गर्न नसकेको बताए श्यामकलाको श्रीमानले बताए । “कतै काम भईपो हाल्छ कि भनेर झिनो आशामा कुवेत नेपाली एकता समाजका प्रतिनिधीहरुसँग फोन सम्पर्क गरी श्रीमती आपत विपतमा परेको र उनलाई उद्वार गरिदिन अनुरोध गरेको थिएँ । एकता समाजका प्रतिनिधीहरुले उक्त विषयलाई अनुसन्धान गर्दै र खोजविन गर्दै तत्कालै नेपाली राजदूतावास कुवेतका श्रमसहचारीसँग विशेष छलफल पछि उद्वार गरेर राजदुतावास पर्योयो ।”

राजदुतावासले कानुनी प्रक्रियाहरु पुरा गराई २ नोभेम्वर २०१८ का दिन उनी नेपालका लागी रवाना भई र शकुशल काठमाण्डौ पुगी आफ्नै घर पुगिसकेको पुगिसकेको खबर फोन मार्फत विकका श्रीमानले जानाकारी गराएकाछन् । उनले अगाडी भने “राजनीतिक पार्टीहरुले गरिब निमुखालाई हेर्छन् भन्ने विश्वास नभए पनि श्रीमतीको सफल उद्वारपछी अझैसम्म नेपालमा गरिब जनताको पार्टी पनि रहेछ भन्ने महशुस गरेको छु ।” उनले अगाडी थपे– “मैले राष्ट्रिय जनमोर्चाको भातृसंगठन कुवेत नेपाली एकता समाजलाई कसरी सम्मान गरुँ मसँग शव्द नै छैन, फुटेको सिसा जोड्न सकिंदैन भन्ने कुरा भ्रम रहेछ जुन कुरा एकता समाजले गरेर देखायो । यसरी मेरो समस्यालाई आफ्नो सम्झी अहोरात्र खटिने नेपाली राजदुतावास कुवेत र कुवेत नेपाली एकता समाजलाई धन्यावाद ।”

एकता समाजका प्रतिनिधीले हाम्रा संवाददातासँगको छोटो कुराकानी गर्दै भने– “हाम्रो संगठनको माउपार्टी राष्ट्रिय जनमोर्चा हो, उसकै नीति सिद्धान्त अनुसार नै गरिब मजदुरवर्गको हक र अधिकारको आवाज उठाउँदै आएका छौं । हामी सदैव मानवतस्करीहरुको विरुद्धमा डटेर लड्दै आएका छौं ।” खाडी मुलुकमा नयाँ घरेलु कामदारको लागि सम्झौता गर्ने जुन हल्ला आइरहेको छ त्यसले नेपाली घरेलु कामदारहरुमा अझै भयावह स्थिती पैदा हुने निश्चित भएको समेत उनै प्रतिनिधिले बताए– “पुराना आइसकेका घरेलु श्रमिकहरुको स्थिति हेरिकन व्यक्तिगत ग्यारेण्टी दिन सकेको खण्डमा सरकारले श्रमस्विकृत दिने व्यवस्था गरिदिएमा खाडीमा अलपत्र महिला दिदीबैनीहरुले केही राहत पाउने थिए ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here