आजका प्रमुख समाचारहरु

0
278

-प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्यमा पूर्ण सुधार भएपछि निवास फर्कन अनुमति दिएका थिए । ओलीको उपचारमा अहिलेसम्म ५० हजार खर्च भएको बताइएको छ । बैंकक जाँदा ५० लाख लाग्ने चिकित्सकहरुको अनुमान छ ।

-संघीय सरकारविरुद्ध सातै प्रदेशको भेला गराएर अधिकारका लागि संघर्ष गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अब गाउँपालिकाका जनप्रतिनिधिलाई सिंहदरबारविरुद्ध उत्रन आह्वान गरेका छन् । शुक्रबार कास्कीको पर्यटकीय क्षेत्र ताङतिङमा आयोजित गण्डकी प्रदेशका ५८ वटा गाउँपालिकाका प्रमुख/उपप्रमुखको दुई दिने भेलामा मुख्यमन्त्री गुरुङले सँगै मिलेर संघीय सरकारसँग लड्न स्थानीय जनप्रतिनिधिहरुलाई आह्वान गरे ।

-सरकारविरुद्ध सडक संघर्ष गर्ने नयाँ शक्ति पार्टीको निर्णय गरेको छ । लामो समयदेखि प्रतीक्षा गरिएको राष्ट्रिय परिचयपत्रको परीक्षण छपाइ सफल भएसँगै यो महिनाको अन्त्यतिरबाट वितरण सुरु गरिने अधिकारीहरूले बताएका छन्।

-शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको १५ औं संघीय कमिटीको पूर्ण बैठकले जनताको पक्षमा काम गर्न पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको हो ।

-अध्यागमन नियमहरूमा कठोर देखिदै आएको जापान सरकारले शुक्रबार एउटा विधेयक संसद्‌मा पठाउनका लागि पारित गरेसँगै अधिकारीहरूले नेपाली कामदारलाई जापान प्रवेश सहज हुने आशा व्यक्त गरेका छन्।

-संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१५ मा भएको परमाणु सम्झौतापछि हटाइएका इरानविरुद्धका सबै अमेरिकी प्रतिबन्धहरू पुन: लागु गरिने जनाएको छ।

-साउदी राजकुमार मोहम्मद बिन सलमानले हत्या गरिएका पत्रकार जमाल खशोग्जी ‘खतरनाक इस्लामिस्ट’ भएको दाबी अमेरिकासँग गरेका विवरणहरू प्रकाशित भएका छन्।

-जापानको मन्त्रिपरिषद्ले अध्यागमनसम्बन्धी नियम खुकुलो पार्न कानुनको एउटा मस्यौदा पारित गरेको छ। नयाँ कानुनअनुसार देशमा कामदार अभाव भएका क्षेत्रमा काम गर्न दिन विदेशीका लागि दुई प्रकारका प्रवेशाज्ञाको प्रावधान गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here