- चक्र चनारा, धनगढी कैलाली
म त्यो सपनाको कुरा गर्दैछु
जुन सपना तिमिले र मैले
जङ्गल पस्दा देखेका थियौ
हो म त्यही सपनाको कुरा गर्दैछु
जब तिमि र म जङ्गल पस्दा
तिम्रो र मेरो अाखामा
एउटै सपना थियो
सारा नेपालीको अाखामा
एउटै सपना थियोे
तिम्रो र मेरो एउटै कल्पना थियोे
सुन्दर नेपालको
समृद्ध नेपालको
समावेशी समाजको
विभेदरहित देशको
परिवर्तनको
जनताका सपना साकार गर्ने सपना
तर साथि देश होइन जमाना परिवर्तन भएछ
शाशन होइन शासक परिवर्तन भएछ
बाकी सब जस्ताको त्यस्तै छ
समृद्ध नेपाल बनाउन लागेका कयौं साथिहरु
खाडीमा समृद्ध नेपाल बनाई रहेका छन
विदेशका गल्लिमा सुन्दर नेपाल बनाइ रहेका छन
अाज यो समाजलाई हेर्दा
अाखाबाट अाशु झरेर अाउछन
जब देश विकासका कुरा गर्ने
देश लुट्न लागेको देख्दा
परिवर्तनका कुरा गर्ने
परिवर्तनका नाममा
जनतालाई ठगेको देख्दा
घरमा खाना नपाउने
मजदुरको श्रम शोषण गरेको देख्दा
गरिबका झुपडीमा टुक्कि बलेको देख्दा
मन खिन्न भएर अाउछ
जब भाइले भाइलाई मारेको देख्दा
यहा त साथी
मुखमा राम राम,बगलिमा छुरा गर्दा रहेछन्
जनतालाई लोभ्याएर
जनतालाई फकाएर
अाफु सत्तामा पुग्न
जे पनि गर्दा रहेछन साथी
के यही गर्न हामी जङ्गल पसेका थियौ ?
के यही गर्न हामिले रगतका अाहुति दिएका थियौ ?
अह ! होइन
अब फेरि उठ्नु पर्छ
अब फेरि जाग्नु पर्छ
अबत शासक होइन शासन फेर्नु पर्छ
अब खाडीमा होइन
नेपालमै बसेर सुन्दर नेपाल निर्माण गर्नु पर्छ
सबै युवा जुट्नु पर्छ
देशको रुप फेर्नु पर्छ
लागौं युवा जागौ युवा
अनि बल्ल बन्छ
समृद्ध नेपाल ।