तिहारको वेला अत्यन्तै मार्मिक गजल

0
410
  • गिरुप्रसाद बुढा मगर

माइतीकाे दैलाे सजाउनलाई सयपत्री माला गाँसेकी छु
दशै रिसाएर गए पनि मैले तिहारकाे हर्ष साँचेकी छु /१/

भाइ सँघर्षमय कथिन बाटाेमा छ, दाइ समाज सेवामा
त्यसैले हरपल म पनि क्रान्तिकाे धार नछाेडि बाँचेकी छु /२/

मलाई थाहा छ माईतिकाे अाम्दानी कम खर्च बढि छ
त्यसैले मैले पनि तिहारकाे विकृति ताेडिदिने अाँतेकी छु /३/

एकदिनकाे देखासिकीले जीवनकाे गरिबी कहाँ लुक्छ र ?
म त क्रान्ति ल्याउने अास्थाकाे अमित छाप छात्तिमा ताँसेकी छु /४/

भाेली अाउने तिहारले हसाँउछ कि रुवाउछ थाहा छैन
म भने अाज दशै रिसाएर हिडेकाे सम्झी सम्झी हाँसेकी छु /५/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here