बुढाथोकीद्वारा आत्मालोचना

0
114

काठमाडौं । अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकीले “जनसन्देश” पत्रिकामा प्रकाशित लेखमा व्यक्त विचारप्रति आत्मालोचना गर्नु भएको छ ।

अध्यक्ष बुढाथोकीद्वारा २०७५ कार्तिक १३ गते जारी “स्पष्टीकरण” मा उहाँले आत्मालोचना गर्नु भएको हो । “स्पष्टीकरण” मा अगाडि भनिएको छ– “गत २०७५ वैशाखमा राष्ट्रिय जनमोर्चा ३ नम्बर प्रदेशको प्रकाशन जनसन्देश पत्रिकामा “जनवादी केन्द्रीयता र त्यसको प्रयोगको सवालबारे” शीर्षकको मेरो एउटा लेख प्रकाशित भएको थियो । त्यस लेखप्रति मेरो आफ्नो ध्यानाकर्षण भएको छ । मैले त्यस लेखमा व्यक्त गरेका कतिपय विषयवस्तुहरु मेरो र पार्टीको प्रक्रिया, पद्धति र नियम विपरीत हुन गएकोमा मेरो आफ्नो कमजोरी भएको छ । त्यसलाई सच्याउन र आगामी दिनमा यस्ता कुरामा ध्यान पुर्‍याउन म सचेत रहनेछु । मेरो यो कमजोरी भएकोमा सार्वजनिक रुपमा नै आत्मालोचित छु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here