यतिवेला अध्ययन तथा अध्यापनका लागि नेपाली विद्यार्थीहरु नेपालबाट धमाधम भारतमा आउने मात्रा बढिरहेको छ । यो परिवेशमा बेंगलोरमा नेपाली विद्यार्थीहरुले एकता जाहेर गर्दै संगठित भएका छन् । राष्ट्रिय जनमोर्चा निकट रहेको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत अखिल भारत नेपाली विद्यार्थी संघले दक्षिण भारत क्षेत्रीय समितिको प्रथम भेला सम्पन्न पारेको छ ।
ऐतिहासिक सो प्रथम भेलाको उद्घाटन संघका पूर्व केन्द्रीय महासचिव तथा हाल मूल प्रवाहका केन्द्रीय सदस्य महेन्द्र बस्यालले गरे । बस्यालले सो अवसरमा मन्तव्य दिंदै– भारत प्रवासमा छरिएर रहेका नेपाली विद्यार्थीहरुलाई संगठनको दायरामा ल्याउनु पर्ने नै संघको मुख्य उदेश्य हुनु पर्नेमा जोड दिएका थिए ।
भेलाको अध्यक्षता विक्रम केसीले र कार्यक्रम सञ्चालन नर बहादुर विकले गरेका थिए । रक्तिमका कलाकारहरु र प्रिया कुवँरले भेलामा सहभागिहरुलाई स्वागत गरेका थिए ।
भेलाले बिक्रम केसीको अध्यक्षतामा ९ पूर्ण ३ बैकल्पिक र ३ सल्लाहकार गरि १५ सदस्यीय दक्षिण भारत क्षेत्रीय समितिको चयन गरेको छ । जसमाः उपाध्यक्ष– कुमारी थापा, सचिव– कमला कुमारी विक, सहसचिव– प्रिया कुवँर र कोषाध्यक्षमा– प्रतिभा बस्याल रहेका छन् ।
त्यस्तै सदस्यमा सन्तोष विक, दिपा केसी, बिजय शर्मा, बिष्णु केसी, वैकल्पिक सदस्यमा जुना पंथि, उषा शर्मा रहेका छन् । भेलाले प्रकाश विक र कविता हमाललाई सल्लाहकार चयन गरेको छ । वैकल्पिक सदस्य र सल्लाहकारमा एक एक स्थान रिक्त राखिएको छ ।
संघका केन्द्रीय सदस्य प्रकाश दयाल, प्रतिभा विक, मूल प्रवाह केन्द्रीय सदस्य याम प्रसाद शर्मा, भिम बहादुर थापा, भगवती कुवँर, मदन भण्डारी, क्षेत्रीय प्रतिनिधि धर्मराम विक, जगत हमाल, सहसचिव जनकराज पौडेल, क्षेत्रीय सदस्य दिल्लीप्रसाद शर्मा, भारती परियार, राम सिंह विक र धशरथ विक लगायतले आतिथ्यता तथा भेला सफलताको शुभकामना मन्तव्य दिएका थिए । समितिको घोषणा महेन्द्र बस्यालले गरेका थिए । कार्यक्रमको बिच बिचमा कलाकारहरूले गित र नृत्य प्रस्तुत गरेका थिए ।
पहिलो दिन प्रशिक्षण कार्यक्रमः
प्रशिक्षण कार्यक्रमको उद्घाटन संघका केन्द्रीय अध्यक्ष श्री प्रकाश भण्डारीले दिप प्रज्वलितबाट गरे । कुमारी थापाको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा अतिथिहरुको आसन ग्रहण पश्चात शहिदहरुको संझनामा एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई प्रतिभा विकले शब्दबाट र कलाकारहरुले सांगितिक कोशेलीद्वारा स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन विक्रम केसीले गरेका थिए ।
संघका केन्द्रीय सदस्य प्रकाश दयाल, मूल प्रवाहका केन्द्रीय सदस्य महेन्द्र बस्याल, याम प्रसाद शर्मा, भिम बहादुर थापा, भगवती कुवँर, मदन भण्डारी, क्षेत्रीय प्रतिनिधि धर्मराम विक, क्षेत्रीय सह सचिव जनकराज पौडेल, सदस्य दिल्ली प्रसाद शर्मा, राम सिंह विक, धशरथ विक, निलगीरी नसबाट टेक बहादुर विक, कोट्याम नसबाट उपाध्यक्ष धर्मराज शर्मा र चेन्नई उत्तर नसका सुकादेब शर्मा लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
संघका अध्यक्ष प्रकाश भण्डारी, संघका पूर्व महासचिव महेन्द्र बस्याल र मूल प्रवाहका केसस भिम बहादुर थापाले विद्यार्थीहरूसँग सम्बन्धित बिषयहरूमा प्रशिक्षण दिनुभएको थियो ।
विद्यार्थी संघ बेंगलोर नगर समितिले खेलाएको खेलमा विजयी खेलाडी तथा टिमहरुलाई सोही भेलाको अवसरमा महेन्द्र बस्यालद्धारा पुरस्कृत गरिएको थियो ।
स्मरण रहोस् संघको प्रथम अखिल भारत सम्मेलनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अध्यक्ष चयन गरेको थियो । भट्टराईलाई पछि स्वदेशको राजनीतिक जिम्मा दिइएता पनि सांगठनिक अनुशान विहिन गतिविधिमा संलग्न भएकाले २०४८ मा निष्काशित भएका थिए ।