अर्घाखाँची मदनडाँडामा शिमली छायाँ र जीवन शर्मा

0
347

अर्घाखाँची । अखिल नेपाल युवक संघको केन्द्रीय समितिले सञ्चालन गरेको लागौं युवा, जागौं युवा अभियान अन्तर्गत दशै, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसरमा अर्घाखाँचीको मदनडांडामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा रक्तिम धमका २०७५ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष तथा जनगायक जीवन शर्माले जनवादी गित गाएर युवादेखि बुढाबुढीसम्मलाई छमछमी नचाएका थिए । रक्तिम सांस्कृतिक अभियानका कलाकारले प्रस्तुत गरेको बेजोड साँस्कृतिक प्रस्तुतीहरुले दर्शकलाई मन्त्रमुग्ध तुल्याएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी., युवक संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.ले मन्तव्य मन्तव्य दिनुभएको थियो । वक्ताहरुले बेरोजगार उत्पादन गर्ने देशको शिक्षा नीति र शिक्षाको निजिकरण अन्त्य नगरेसम्म युवाहरुले स्वदेशमै रोजगार नपाउने र स्वरोजगारको ब्यबस्था नभएसम्म देशले दिगो शान्ति र समृद्धि हासिल नगर्ने बताउनु भएको थियो ।

युवक संघ भुमिकास्थान नगर अध्यक्ष राजु सुनारको अध्यक्षता र कुलराज खनालको संचालनमा सम्पन्न सो कार्यक्रममा सहभागि जनसमुदायलाई कृष्ण भुसालले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बिसी, झविलाल थापा, कविराम खनाल, सकुन्तला राना लगायतको आतित्थ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here