गुल्मी । राष्ट्रिय जनमोर्चा मुसिकोट नगरकार्य समितिको भेला सम्पन्न भएको छ । भेलाले भानुभक्त खरेलको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।
जसमाः उपाध्यक्ष– चेत बहादुर पेमी, सचिब– इश्वरी प्रसाद आचार्य, सहसचिब– कमल सुनार, कोषाध्यक्ष– रेणु प्रधान रहेको छन् ।
त्यसैगरी सदस्यहरुमा बाबुराम खरेल, केशर बिक, महेन्द्र सिंह, हरि प्रसाद घिमिरे, ठगबहादुर पुन रहेका छन् । सदस्यको एक स्थान रिक्त राखिएको छ । भेलाले मोहनलाल श्रेष्ठ, रेशम गीरी रा गोपाल नेपालीलाई सल्लाहकार चयन गरेको छ ।
अध्यक्ष भानुभक्त खरेलको अध्यक्षता र इश्वरी प्रसाद आचार्यको सञ्चालनमा अगाडि बढेको सो भेलामा सहभागिहरुलाई नर बहादुर महतले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बाग्लुङ्गका उपाध्यक्ष वेदिलाल सापकोटाको प्रमुख आतिथ्यता तथा गुल्मी जिल्ला सचिब छविलाल सर्तुङ्गी, जिल्ला सदस्य हरी न्यौपाने तथा गल्कोट नगरकार्य समिति सदस्य नारायण सापकोटाको आतित्थ्यता रहेको थियो ।