चण्डीगढमा विद्यार्थीहरु बीच परिचयात्मक कार्यक्रम सम्पन्न

0
275

चंडीगढ, २४ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ नगर समितिद्वारा संचालित अखिल भारत नेपाली विद्यार्थी संघ चंंडिगढ नगर समितिका विद्यार्थीहरु र अनेरास्ववियु छैठौंको २१ औं राष्ट्रिय सम्मेलनबाट नवनिर्वाचित केन्द्रीय अध्यक्ष विमल पोखरेल विच परिचयात्मक कार्यक्रम सम्पन्न पारिएको छ । सोही अवसरमा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न पारिएको थियो ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष विमल पोख्रेलको प्रमुख अतिथि रहेको सो प्रशिक्षण कार्यक्रम पुजा गुरुङको अध्यक्षता तथा सचिव नारायण आचार्यको सञ्चालनमा अगाडि बढेको थियो । प्रशिक्षणमा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पश्चात राम पंथीले स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि विमल पोख्रेलले राष्ट्रिय परिस्थिति, विद्यार्थी आन्दोलन र भारतस्थित विद्यार्थीहरुको कर्तव्य लगायतका विषयहरुमा प्रशिक्षण दिनुभएको थियो । सो प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य दिनेश खडका, क्षेत्रीय सदस्य प्रेम आचार्य, नेपाली समाचारका सम्वाददाता खिमराज चालिसे, मूल प्रवाहका नगर अध्यक्ष मानबहादुर केसी, समता विभागका विनु नेपाली, महिला विभागकी लक्ष्मी अधिकारी, विद्यार्थी विभागका विष्णु वेल्वासे र एडवोकेट माधव पोख्रेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here