पेमाले संसारमा कम्युनिष्ट आन्दोलन कहलेदेखि सुरु भएको हो ? भनेर सोध्छन्

0
1032
6
पेमा: संसारमा कम्युनिष्ट आन्दोलन कहिलेदेखि सुरु भएको हो ?
कमल: समाजवादी आन्दोलन वास्तवमा पुँजीवाद सुरु भएपछि सुरु भएको हो । मार्क्सभन्दा पहिले पनि मजदुरवर्गले पुँजीवादी शोषणका विरुद्ध ठूला-ठूला वीरतापूर्ण सङ्घर्ष गरेका थिए । तर उनीहरुका अगाडि स्पष्ट दर्शन र कार्यक्रम थिएनन् । मार्क्सवादले त्यो स्पष्ट गरिदियो । समाजवादलाई वैज्ञानिक रुप दियो । सन् 1848 मा कमयुनिष्ट घोषणापत्र प्रकाशित भयो । वास्तवमा त्यसपछि नै आधुनिक कम्युनिष्ट आन्दोलन सुरु भयो भन्नुप्र्छ । अर्को शब्दमा भन्ने हो भने यसको इतिहास सवा सय वर्षको छ । वास्तवमा यो सवासय वर्षको इतिहास शोषितवर्गको महान् वीरतापूर्ण सङ्घर्ष तथा त्याग र बलिदानको इतिहास हो ।
पेमा: कम्युनिष्ट आन्दोलनको इतिहासमा सबैभन्दा ठूला-ठूला सङ्घर्ष कहिले-कहिले भए ?
कमल: सन् 1848 मा फ्रान्स, जर्मनी र युरोपका कैयौं देशहरुमा सङ्घर्षको बाढी नै आयो । फ्रान्सका मजदुरहरुले राज्यसत्ता हस्तगत गर्नका लागि लडे, त्यो जुन विद्रोह भनिन्छ । तर असफल भयो, हजारौं मजदुर मारिए, असङ्ख्य जेलमा परे ।
पेमा: त्यत्रो सङ्घर्ष असफल भयो ?
कमल: एकदम असफल भएन, त्यसबेलाको चोटले युरोपमा निरङ्कुश राजतन्त्र र सामन्तवादको ढाड सधैँका लागि भाँचियो । त्यो बेला मजदुरवर्गको हारको कारण यो थियो; क्रान्तिको समयमा विभिन्न देशका पुँजीपति आपसमा मिले तर मजदुरवर्गको अन्तर्राष्ट्रिय सङ्गठन थिएन । त्यसकारण मार्क्स-एङ्गेल्सले यो महसुस गरे कि शोषकवर्गहरुको अन्तर्राष्ट्रिय शक्तिहरुका विरुद्ध लड्न मजदुरवर्गको पनि अन्तर्राष्ट्रिय गङ्गठन हुनुपर्छ । त्यही सोचेर सन् 1864 मा माक्र्स-एङ्गेल्सले ”अन्तर्राष्ट्रिय मेहनतकश जनताको संघ“को गठन गरे । त्यसबाट दुनियाँभरका समाजवादी कम्युनिष्ट आन्दोलनमा ठुलो सहयोग पुग्यो । मजदुरवर्गको आन्दोलन फेरि चर्कियो ।
पेमा: महदुरवर्गले फेरि सत्ता हस्तगत गर्न प्रयत्न गरे कि गरेनन् ?
कमल: ओ हो । किन गर्दैनथे । फ्रान्समा मजदुरहरुले आफ्नो धोको पुरा गरे । उनीहरुले सरकार हातमा लिए । त्यसलाई पेरिस कम्यून भन्छन् । यो मजदुरवर्गको पहिलो सरकार हो ।
पेमा: त्यो कहिलेको कुरा हो ?
कमल: त्यो घटना सन् 1871 मा घटेको थियो अर्थात् आजभन्दा करिब 124 वर्ष पहिले ।
पेमा: ओ हो ! सय वर्ष पहिले नै मजदुरवर्गले त्यति ठुलो सफलता प्राप्त गर्न सकेका रहेछन् ?
कमल: तर करिब-करिब ढाई महिनापछि त्यो सत्तको अन्त्य भयो । कहिब 30 हजार मजदुर मारिए । जेल जाने र विदेशमा भागाभाग गर्नेको त लेखाजोखा नै भएन ।
पेमा: उनीहरु किन असफल भए ?
कमल: त्यो बेला माक्र्स-एङ्गेल्सको सिद्धान्त अझै नयाँ थियो । बाकुनिन र ब्लान्कीजस्ता अराजकतावादी नेताहरुको मजदुर आन्दोलनमा ठुलो प्रभाव भयो ।उनीहरु क्रान्तिकारी नेता थिए । उनीहरुले शोषितवर्गका लागि ठुलो त्याग र बलिदान गरेका थिए । तर उनीहरुको विचार र कार्यक्रम सही थिएन । उनीहरुले क्रान्तिको कुरा गर्थे, क्रान्तिपछि मजबुत शासन कायम गर्नुपर्छ भन्ने कुराका उनीहरु विरोधी थिए । क्रान्तिपछि शोषकवर्गमाथि तानाशाही शासन कायम नगरिकन उनीहरुका स्वामित्वमा भएका आर्थिक साधनहरु खोसेर उनीहरुलाई कमजोर नपारीकन क्रान्तिको फललाई सफल पार्न सकिन्न भन्ने तथ्य अझै राम्ररी स्पष्ट भइसकेको थिएन । त्यसकारण क्रान्ति असफल भयो ।
पेमा: खाली त्यत्रो विनास भयो ?
कमल: शोषकवर्गको सेवा गर्दागर्दै लाखौं-करोडौं मजदुर युगयुगदेखि मर्दै आएका छन् । शोषितवर्गको आफ्नो कुनै मतलब नभएका शोषकवर्गका स्वार्थहरुका लागि चल्ने युद्धहरुमा पनि रगतको खोलो बगाउँदै आएका छन् तर त्यहाँ त मजदुरवर्ग आफ्नै वर्गस्वार्थका लागि लडेका थिए ।
पेमा: त्यो त हो ।
कमल: त्यो बेला मजदुरवर्गले प्रदर्शन गरेको वीरताबाट पुँजीपतिवर्ग अत्यन्त आतङ्कित भए । उनीहरुले सोचे कि खाली दमनद्वारा मात्र क्रान्तिको भेललाई रोक्न सकिन्न । त्यसकारण उनीहरुले मजदुरवर्गलाई कैयौं आर्थिक र राजनीतिक सुविधा दिन बाध्य हुनुपयो ।
पेमा: आखिर केही फल त मिल्यो ?
कमल: त्यो सुविधा मजदुरवर्गको क्रान्तिकारी सङ्घर्षको परिणाम थियो । तर मजदुरवर्गका कैयौं नेताले अब पुँजीवादको चरित्रमा सुधार भयो, अब क्रान्तिको आवश्यकता छैन भनेर भ्रम दिन थाले । उनीहरुले मार्क्सवादलाई पुरानो भयो भन्न थाले । त्यसमा संशोधन गर्न थाले ।
पेमा: हिजोआज रुसमा संशोधनवादीहरु छन् । पहिले पनि त्यस्ता संशोधनवादीहरु रहेछन् । संशोधनवाद कहिलेदेखि प्रारम्भ भएको ?
कमल: जुन-जुन बेला क्रान्तिकारी सिद्धान्तको पनि उत्पत्ति हुन्छ, त्यहीबेला अवरवादी र संशोधनवादी सिद्धान्तको पनि उत्पक्रिा हुन्छ । उनीहरुले क्रान्तिको पक्षलाई कमजोर पारेर दुश्मनको सेवा गर्छन् । संशोधनवादीहरु मार्क्सवादलाई मान्छन् तर दुश्मनवर्गलाई हानि र्पुने जति क्रान्तिकारी सिद्धान्त त्यसबाट निकालेर त्यसलाई लङ्गडो बनाइदिन्छन् । जर्मनीको बर्नस्टीन त्यो बेला संशोधनवादका मुख्य नेता थिए र संशोधनवादी त्यहीँबाट सुरु भयो ।
पेमा: मार्क्स -एङ्गेल्सले विरोध गरेनन् ?
कमल: त्यो बेला उनीहरुको मृत्यु भइसकेको थियो । आपसमा फुटले गर्दा प्रथम अन्तर्राष्ट्रिय अर्थात् ”अन्तर्राष्ट्रिय मेहनतकश जनताके संघ“ खत्तम भइसकेको थियो ।
पेमा: उसो भए त्यो बेला पनि हिजो-आजझैं फुट थियो ?
कमल: थियो, यो प्रकृतिको नियम हो । आपसमा द्वन्द्व आर्थात् विरोध र सङ्घर्ष नभइकन कुनै पनि कुराको विकास हुन्न । मार्क्स -एङ्गेल्सले गठन गरेको कम्युनिष्ट लीगको पनि आपसको फुटले नै अन्त्य भएको थियो । मार्क्स -एङ्गेल्सले समाजवादी आन्दोलनभित्र देखापरेका कैयौं गलत विचारका विरुद्ध सङ्घर्ष गर्नुपरेको थियो । माक्र्सको अन्त्यपछि, एङ्गेल्सले दोश्रो अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको सङ्गठन गरे तर उनको मृत्युपछि त्यसमा संशोधनवादी र अवसरवादीहरुको प्रभुत्व कायम भयो त्यो स्थिति धेरै समयसम्म रहन सकेन । छिट्टै माक्र्स-एङ्गेल्सको योग्य शिष्य लेनिन अगाडि आए । उनले विश्व कम्युनिष्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादको प्रभावबाट मुक्त पारेर क्रान्तिको धारालाई अगाडि बढाए ।

क्रमश…

पेमाले शोषणबाट मुक्तिको केही उपाय होला कि ? भनेर सोध्छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here