काठमाडौं । साझा यातायातले ५ वटा विद्युतीय गाडी ल्याएको छ। चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको उक्त गाडी आजै प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
साझाले केही समय पहिले विद्युतीय गाडी गुडाउने घोषणा गरेको थियो। ल्याउने भनिएका ५ मध्ये २ काठमाडौं आइसकेको छ। एउटा बाटोमा छ भने बाँकी दुई आउने प्रक्रियामा रहेका छन्।
यी बसहरूलाई लुम्बिनी क्षेत्रमा गुडाइनेछ। साझाको व्यवस्थापनमा रहने बस खरिदका लागि एडिबीले सहयोग गरेको हो।