बाग्लुङ । काठेखोला गाउँपालिका ४ तंग्राम पेरिवाङका युवा समाजसेवी दलबहादुर थापा राष्ट्रिय जनमोर्चामा प्रबेश गर्नु भएको छ । थापालाई राष्ट्रिय जनमोर्चा बाग्लुङका जिल्ला अध्यक्ष अमर थापाले सदस्यता प्रदान गर्दै अबिर र पूmलमालाले स्वागत गर्नु भएको थियो । दलबहादुर थापाले राष्ट्रिय जनमोर्चा काठेखोला –४ तंग्रामले २०७५ कार्तिक ४ गते बिजया दशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा जनभेटघाट कार्यक्रम सन्दर्भमा राजमो प्रवेश गरेको घोषणा गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले राष्ट्रिय जनमोर्चाका बिजया दशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना दिदै भन्नु भयो । “नेपाली जनताले लामो समय पछि स्थायी सरकार पाए पनि आफुले चाहे जस्तो उपलब्धी हाँसिल गर्न सकेको छैन ।” थापाले भन्नु भयो– “चाडपर्वको बेला करबृद्धि, महङ्गी र यातायात क्षेत्रको भाडा बृद्धि तथा सिण्डीकेटले जनतालाई मार पारेको छ ।” यो सबै हुनुमा प्रमुख कारण संघीयता नै भएको थापाले बताउनु भयो । थापाले संघीयताको खारेजी अपरिहार्य रहेको समेत जोड दिनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका माननिय सांसद पियारी थापा, अतिथिहरुमा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार तिलक थापा, अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल शिक्षक संघ बाग्लुङका अध्यक्ष मित्रदत्त ढकाल, अखिल नेपाल जनजाति सम्मेलन बाग्लुङका जिल्ला उपाध्यक्ष ओम बहादुर पुन, अखिल नेपाल बुद्धिजीवी संघ बाग्लुङका केन्द्रीय सदस्य कमला थापा, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सदस्य हेमराज आश्रम, राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिकाका सचिव टिका संगम बि.क., स्थानिय बुद्धिजिवी धन प्रसाद पुनलगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा काठेखोला ४ वडा समितिका अध्यक्ष बिष्णु कँडेलको अध्यक्षता, कृष्ण बि.क.को सञ्चालन र उपाध्यक्ष थिरबहादुर रानाको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।