महासचिवमा अनिल किशोर घिमिरे

0
400

 

चितवन – २ दिन देखी चितवनको सौराहामा जारी नेकपा मसालको युवा संगठन अखिल नेपाल युबक संघ को बैठकले महासचिबमा अखिल (छैठौ ) का पुर्व अध्यक्ष अनिल किशोर घिमिरे लाई चयन गरेको अखिल नेपाल युवक संघका अध्यक्ष तिलक थापाले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले २०७५ बैशाख २८,२९ र ३० गते पोखरा मा सातौ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्नुका साथै फागुन चैत्र भित्र सबै प्रदेश तथा जिल्लाको सम्मेलन र भेला गरी सक्ने निर्णय गरेको अध्यक्ष थापाले बताउनु भयो ।
साथै बैठकले ०७४ माघ २५ र २६ गते बुटवलमा अखिल नेपाल युबक संघको स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा संगठनले रक्तदान कार्यक्रमा पनि गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here