दशैं ‘दशा’ बन्यो अर्जुन परियारलाई पनि

0
583

चंडीगढ, १६ अक्टोबर । जम्मु कश्मिरमा स्याउको बगैचामा काम गर्ने नेपाली कामदार अर्जुन परियारलाई यो वर्षको दशैं ‘दशा’ बनेको छ । अर्जुन गुल्मी जिल्ला मालिका गाउँपालिका ४ मरभुंङ निवासी नुम बहादुर परियारका कान्छा छोरा हुन् । उनी चंडीगढ रेलवे स्टेशनमा लुटिएको हाम्रा सहयोगी खिमराज चालिसेले जानकारी दिनुभएको छ ।

‘भारतको जम्मुकश्मीरमा स्याउको वगैचामा काम गरेर कमाएको भारु ३६ हजार नगद, सेमसुङको मोवाइल र लत्ताकपडा चंडीगढ रेलवे स्टेशनमा ट्रेनबाट झर्दैगर्दा २ जना हिन्दी भाषीहरुले झोला जवर्जस्ती लगे’ अर्जुन भने– ‘त्यो झोला ल्याउन जाँदा पैसा र मोवाइल लुटीन पुगें र त्यहाँ सोर मच्चाएँ पुलिस पनि आए तर प्राथमिकीसम्म पुलीसले दर्ज गरेन ।’

दुई दिन पहिला मात्रै सिन्धुपालचौक जिल्ला, लेहल्पु गाउँपालिका वार्ड न १ निवासी सोनाम सेर्पाका २२ वर्षिय छोरा सँगी शेर्पा पनि चण्डीगढ मै लुटिएका थिए ।

अर्जुन परियार मूल प्रवाहको चंडीगढको आग्रहमा सगरमाथा ट्रावल्सले भारु. १८०० भाडा तथा वुटवल पुग्नसम्म खानपिनको खर्च गर्ने प्रतिवद्धता सहित चंडीगढदेखि नेपाल पठाइएको छ ।
सामाजिक आन्दोलनको रुपमा वारम्वार भारत प्रवासमा रहने नेपालीहरुलाई सजक रहन र सतर्कता अपनाउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आग्रह गरिरहँदा पनि यसप्रकारका घटनाहरु दिनप्रति दिन बढदै जानु र सरकार तथा प्रशासनको रवैया पनि उदासन रहनुले नेपालीहरुको सुरक्षा झन् पछि झन् विकराल वन्दै गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here