- दिल कुमार पाख्रीन
हेर बड्डा, तम्रा लागि दुशमनको गोलि थाप्ने छाती यहि हो। तम्रा लागि कति दुश्मनको घाँटी छिनाएका यहि हातहरु हुन। अनि तम्रा लागि दुशमनलाइ निशाना बनाउन एल एम जिको कुन्जो धानेको काँध पनि यहि हो।
किनकी हाम्लाइ लाउँथ्यो कि तिमी जब जिउँदा रहन्छौ तब धेरै “म” हरु बाँच्नेछन।
त्यसैले तम्लाइ बचाउन धेरै ‘म’हरु मरेँ।
तर १७ औँ हजार म हरु मरेर पनि त्यो सावित हुन नसक्दा मलाइ लाग्छ मैले यी बड्डा बाँचे धेरै निमुखा, उत्पीडित, विभेदितहरु बाँच्छन भन्ने भ्रम पालेर हुर्काएर राखेछु।
कुनै एक समय थियो, तम्रा बोली सुन्दा मात्रै पनि न्यायको आभास हुन्थ्यो। तम्रा पोस्टर मात्रै देख्दा पनि गर्वले छाती चौडा हुन्थ्यो।
तर आज ती चौडा छाती खुम्चिएर गएको छ । महसुस भएका न्यायहरु पिडामा परिणत भएका छन।
अनि तम्रा फोटो देख्दा खै कहाँ हो कहाँ भित्रै आँधी बेहेरी आए जस्तो लाग्छ। तुफान उर्ले जस्तो लाग्छ। आवेगको आगो दन्किएको नयनहरु आँशुको सहाराले निभाउन बाध्य हुन्छन।
अहँ! अब उति बेला जस्तो आफ्नोपन देख्दिनँ बड्डा तम्र आत्मामा!
मलाइ त भान हुन्छ, ती फुटेका चुराले, पुछिएका सिन्दुरले अनि रित्तिएका काखहरुले मलाइ थुकिरहेका छन।
विरक्तिएका मनहरुले अनि बगेका आँशुका सागरहरुले सरापिरहेका छन। बड्डा तम्ले गर्दा हामी अलिकती माथी त पुग्यौँ तर बिछ बाटैमा अलमल्ल पर्यौँ।
न अघि जान सकिन्छ झन पछाडि फर्किन त अत्यन्तै ठुलो पहारा छ। कुरै नगरुँ।
अन्तमा तमलाइ एउटा प्रश्न!
हाम्रो राष्ट्रप्रतिको योगदान $ (डलर) मा भुल्यौ है ?
(रंगपाटीबाट)